डेढ अर्ब खर्चेर तीनकुनेमा अत्याधुनिक बुद्धपार्क बन्दै, यस्तो छ तयारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा–३२ को तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने भएको छ । मुआब्जा विवादका कारण केही वर्षदेखि पार्क निर्माणको काम अलपत्र परेको थियो। यससँगै आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको काठमाडौँ महानगरपालिकाले पार्क निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउने जानकारी दिएको छ ।

‘तत्कालिन नेपाल सरकारले २०३२ साल जेठ १४ मा जग्गाप्राप्ति ऐन अनुसार तीनकुनेको जग्गा अधिग्रहण गरे देखि नै तीनकुनेमा पार्क बनाउने योजना बनेको हो । तर, अहिले सम्म पूरा हुन सकेको छैन,’ काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘तीनकुनेस्थित खाली जग्गाको मुआब्जा विवाद सुल्झाउन नसक्दा यो योजना अलपत्र परेको छ ।

यस पटक सबै वि’वादको अन्त्य गरेर योजना अघि बढाउने तयारीका साथ हामी अघि बढेका छौँ ।’ प्रमुख शाक्यले तीनकुनेको मुआब्जा वि’वाद सुल्झाउन काठमाडौँ महानगरपपालिकाले प्रारम्भिक अधिकारी नै तोकेको र प्रतिवेदन समेत सम्वन्धित निकाएमा पठाइ सकेको जानकारी दिए । ‘हामीले जतिसक्दो छिटो तीनकुनेको विवाद अन्त्य गर्ने र पार्क निर्माणको कामलाई अघि बढाउने उदेश्यका साथ प्रारम्भिक अधिकारी तोकेका थियौँ ।

प्रारम्भिक अधिकारीले सम्वन्धित निकायलाई प्रतिवेदन बुझाई सक्नु भएको छ । साथै, काठमाडौँ महानगरपालिकाले तोकेको प्रारम्भिक अधिकारीले सरोकारवाला निकायसँग निरन्तर छलफल गरिरहनु भएको छ’ उनले भने, ‘हामीले डिजाइन तयारी अवस्थामा राखेका छौँ । समस्या समाधान हुने वित्तिकै काम तिव्र गतिका साथ अघि बढ्छ ।’

काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत नेपाल सरकार, प्रदेश सरकार तथा अन्य सरोकारवाला संघसंस्था एवं ब्यक्तिहरुको सहयोग र समन्वयमा का.म.पा. ३२ तिनकुनेमा अध्याधुनिक बुद्ध पार्क निर्माण कार्य सुरु गर्ने कुरा उल्लेख गरेको स्मरण गराउँदै प्रमुख शाक्यले सबैसँग सहयोगको अपेक्षा गरे ।

संघीय सरकार समेत अधिग्रहण गर्नुपर्ने र मुआब्जा वितरण हुन बाँकी क्षेत्रफलका लागि आवश्यक रकम व्यवस्थापन गर्न सकारात्मक रहेकाले यो पटक मुआब्जा विवाद समाधान हुने र पार्क निर्माणको काम अघि बढ्नेमा महानगरपालिका विस्वस्थ बनेको छ। ‘चिनि याँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला पनि हामीले तीन कुनेमा हरियाली सहितको आइल्याण्ड निर्माण गरेका थियौँ,’ प्रमुख शाक्यले भने, ‘सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली प्रर्वद्धन गर्ने, सहरको सौदर्य बढाउन पार्क निर्माण गर्नेलगायत महानगर पालिकाको नीति नै हो । हामीले यसै अनुरुप तीनकुनेमा बुद्धपार्क निर्माण गर्न चाहेका हौँ ।’

केही जग्गाधनीले चलन चल्तीको मुल्य अनुसार मुआब्जा पाउनुपर्ने लगायतका माग गरेपछि विवाद अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन । धेरै जग्गा धनीले पहिले नै मु-आब्जा पाइसकेका छन् । ‘हामीले करीब ५० रोपनी भन्दा बढी क्षेत्रफलमा फै’लिएको तीनकुनेमा बुद्धपार्क निर्माणका लागि डिजाइन तयार पारिसकेका छौँ,’ काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभाग प्रमुख अर्चना श्रेष्ठ शाक्यले भनिन् ‘हिन्दु र बौद्ध धर्मको मर्मको फ्युजन गरी निर्माण हुने उक्त पार्कको तीन कुनामा ब्रह्मा, विष्णु र महेश्वरको प्रतीक का साथै ‘बुद्ध’, ‘धर्म’ र ‘संघ’ (म बुद्धको शरणमा जान्छु, म धर्मको शरणमा जान्छु, म संघको शरणमा जान्छु)लाई आधार मानेर डिजाइन तयार गरिएको छ ।’

शाक्यका अनुसार अण्डरग्राउन पार्किङ, पहिलो तलामा क्युरिओका सामानहरु बेच्ने पसल, सार्वजनिक शौचालय, प्रदर्शनी कक्षहरु रहने छन् । पार्कमा अपाङ्गमैत्री, बालबालिकाका लागि खेल्ने ठाउँ, जेष्ठ नागरिकका लागि आराम गर्ने, स्थान, साइकल ट्याकलगायत पनि रहने गरी डिजाइन तयार पारिएको छ । डिजाइन अनुसार माथिल्लो तलामा २ सय जति अटाउने ध्यानकेन्द्र रहने छ । ध्यानकेन्द्रमा विभिन्न आध्यात्मिक कार्यक्रमका लागि उपयोग गरिने छ ।

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिने वित्तिकै पुगिने ठाउँ भएकाले पनि तीनकुनेमा निर्माण हुने बुद्धपार्कले पर्यटकलाई आकर्षित गर्ने र सहरको सौन्दर्य बढाउन उपयुक्त स्थान हुने उनको भनाई छ। ‘अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको योपार्क निर्माण सम्पन्न पछि जहाँजबाटै पनि सुन्दर र शान्त देखिने छ,’ उनले भनिन्। उनका अनुसार डिजाइनमा वाटर फाउण्टेन पनि राखिएको छ ।

जहाँ पानीको रंगिन छहरसँगै प्राकृतिक ध्वनी उत्पन्न हुनेछ र त्यसले सबैलाई आनन्दित बनाउने छ । शंख अर्थात प्रशिद्धि, दीर्घायू, सवृद्धि र आत्मा–शान्तिका साथै चक्र अर्थात शुद्ध चेतनालाई समेत आधार मानेर डिजाइन तयार गरिएको उनले बताइन्। ‘सार्वजनिक जग्गा संरक्षण गर्ने नीति अनुसार पनि हामीले तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्न चाहेको हौँ,’ उनले भनिन् ‘हामीले तयार पारेको डिजाइन अनुसार तीनकुनेको बीचमा १३ मिटर अग्लो र ९६ मिटर व्यासका गुम्बज आकारको संरचना रहने छ ।

त्यहि गुम्बज आकारमा करीब १६ मिटर अग्लो बुद्धको मुर्ति रहने छ । मुर्तिको बेस १२ मिटर व्यासको रहने छ । बुद्धमुर्तिको तल ६ मिटर चौडाईको धर्म–परिक्रमाचक्र रहने छ ।’ उनका अनुसार तीनकुनेको तीन ओटा कुनामा शंख आकारको पार्क रहने छ। तीन जिल्लाको संगममा रहेको तीन कुनेको तीन कुना भित्रको केन्द्रलाई शुन्यताको आधार मानेर डिजाइन तयार पारिएको उक्त पार्क रिस, राग, मोह जस्ता नकरात्मक विचारलाई म’स्तिष्कबाट त्यागेर शुन्य अर्थात शान्त बनाउने स्थलका रुपमा समेत विकास गर्न सकिने शाक्यको भनाई छ ।

मुर्तिबाहेक करीब डेढ अर्बको लगानीमा निर्माण हुने बुद्धपार्कमा बुद्धमुर्ति भएको ठाउँसम्म पुग्न १२ ओटा प्रवेशद्वार राखेर डिजाइन तयार पारेको पनि प्रमुख शाक्यले जानकारि दिए । ‘बाटो सकिने वित्तिकै तीन मिटरको साइकल ट्याक रहने छ,’ उनले भने, ‘त्यस पछि फाउण्टेन र हरियाली रहने छ । अनिमात्रै घुम्ने धर्मचक्र र त्यसपछि बुद्धमुर्ति रहने छ ।

वि’वाद समाधानका प्रयास : काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले मुअब्जा विवाद सुल्झाउन महानगरपालिककै निर्देशक दिपक अधिकारीलाई प्रारम्भिक अधिकारी तोकेका थिए । अधिकारीले आफूले उक्त जिम्मेवारी पाएपछि प्रारम्भिक प्रतिवेदन जिल्ला प्रशासन कार्यालय काठमाडौँ लाई बुझाई सकेको जानकारी उनले दिए । ‘मैले तीन कुनेको जग्गाका बारेमा विवाद भएको, ३५ रोपनी मध्ये २१ रोपनी जग्गाको मु-अब्जा दिइसकेको, नेपाल सरकारले पठाएको १५ करोड मध्ये १० करोड ८० लाख वितरण गरेको बाँकी रकम फिर्ता पठाएको लगायतका विषय समावेश गरेर प्रारम्भिक प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छु,’ अधिकारीले भने, ‘म प्राविधिक व्यक्ति नभएकाले प्रतिवेदनमा त्यहाँको जग्गाको मु अब्जा दिन बाँकी रहेको र हाल साविक गरेर अधिग्रहण गर्न बाँकी रहेको जग्गाको एकिन तथ्याङ्क निकाल्न नापी र मालपोतसँग समन्वय गर्न पनि आग्रह गरेको छु।’ अधिकारीले छिटै टुंगोमा पुगेर प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरपालिकासँगै नापी र पालपोतका अधिकारीसहित छलफल गर्ने जानकारी दिए ।

तीनकुनेको अलमल कहिलेदेखि ? तत्कालिन नेपाल सरकारले २०३२ साल जेठ १४ मा जग्गाप्राप्ति ऐन अनुसार तीनकुनेको जग्गा अधिग्रहण गरेको थियो । त्यतिबेला जग्गा अधिग्रहण गरे पनि विवादका कारण लामो समय त्यत्तिकै रहयो । पछि ल्लो सयम २०५९ असार ३२ मा मुआब्जाको रकम प्रतिरोपनी ५१ लाख २० हजार भनेर तत्कालिन नेपाल सरकारले तोक्यो ।

नेपाल सरकारले त्यहि अनुसारको रकम निकासा गर्‍यो र महानगर पालिकाले वितरण प्रक्रिया अघि बढायो । काठमाडौँ महानगर पालिकाले दिएको जानकारी अनुसार ३५ कित्ता जग्गाको मु-आब्जा वितरणका लागि सरकारले १५ करोड निकासा गरेको थियो । सोही अनुसार २०६४ माघ १४ देखि ६६ माघ मसान्तसम्म काठमाडौँ महानगरपालिकाले २१ रोपनी ११ आना २ पैसाको जग्गा धनीलाई मुआब्जा रकम दिएको थियो ।

बाँकी जग्गा धनीले मुआब्जा रकम बुझ्न नमानेपछि २०७० साल साउन २४ गते काठमाडौँ महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई बाँकी रकम फिर्ता पठाएको थियो । त्यस पछि पनि लामो समय त्यो विवाद त्यत्तिकै रहेको थियो । काठमाडौँ महा नगरपालिकामा शाक्य निर्वाचित भएर आएपछि फेरि त्यहाँको विवाद समाधानका लागि पहल भयो ।

मेयर शाक्यले विवाद समाधान गर्न महानगरपालिकाकै निर्देशक दिपक अधिकारीलाई प्रारम्भिक अधिकारी तोके । अधिकारीले २०७७ जेठ १४ मा प्रारम्भिक प्रतिवेदन बुझाएका थिए । त्यसपछि अहिले सरोकारवाला निकायहरुसँग निरन्तर छलफलहरु भइरहेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु