‘रातो नम्बर प्लेटको सवारीमा को’रोना नसर्ने,कालोमा मात्र सर्ने?’ भन्दै सरकारवि’रूद्ध सडकमा उत्रिए ट्याक्सी व्यवसायी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ। लकडाउनले ट्याक्सी व्यवसायीहरू मारमा परेको भन्दै सडकमा उत्रिएका छन्। मंगलबार ठूलो संख्यामा ट्याक्सी व्यवसायीहरूले काम गर्न दिनु पर्ने, ऋ’ण थपिँदै गएको, कर मिनाह गर्नुपर्नेलगायत विभिन्न मागहरू राख्दै प्र’दर्शनमा निस्किएका हुन्। यसैगरी उनीहरूले ‘रातो नम्बर प्लेटको सवारीमा को’रोना नसर्ने,कालो नम्बर प्लेटमा मात्रै सर्ने/सार्ने यो कस्तो रो’ग हो सरकार?‘,‘भोक लाग्यो सरकार काम गरी खान देऊ’, ‘राज्यको दोस्रो एम्बुलेन्सको दर्जामा रहेको अत्यावश्यक सवारी ट्याक्सी सञ्चालन गर’लगायत प्ले कार्ड बोकेर प्र’दर्शनमा उत्रिएका हुन्।

यातायात व्यवस्था विभाग मिनभवनका महानिर्देशक समक्ष उनीहरूले आफ्ना माग राख्दै ज्ञापनपत्र बुझाएका छन्। चालकहरू ट्याक्सीसहित थुप्रो मात्रामा निस्किएका छन्। उहाँहरूले ऋ’ण मिनाह गर्नुपर्ने, मारमा परेको भन्दै विभागमा आउनुभएको हो,’महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी वामदेव गौतमले भने,’ट्याक्सीहरूलाई बाहिर राखेर केहीलाई भित्र जान दिइएको छ।’

ती व्यवसायीहरू उपत्यकाका विभिन्न स्थानबाट प्रदर्शन गरेर मिनभवन पुगेका थिए। सरकारले अहिले निजी सवारी साधन जोर-विजोर प्रणालीबाट चल्न दिएको छ भने ट्याक्सी तथा अन्य सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ।

यसरी लकडाउनको नियमविपरीत सञ्चालनमा आएका ट्याक्सी तथा निजी सवारी साधनलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको छ। मंगलबार बिहान ११ बजेसम्म ७ सय २९ दुई पाङग्रे, चार पाङग्रे तथा ट्याक्सीहरूलाई नियन्त्रणमा लिएको छ। त्यसमध्ये तीन सय आठ ट्याक्सी छन्।

नियन्त्र’णमा लिइएका सवारी साधनलाई प्रहरीले बेलुकी सात बजे पछाडिमात्रै छाड्ने गर्ने गरेको छ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु