दाहाल, नेपाल, खनाल र गौतमले मागे प्रधानमन्त्री ओलीको राजीनामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ — तीन दिनअघि आफ्नो सरकार ढाल्न भारतीय राज्य संयन्त्रसहित आफ्नै पार्टीका नेताहरुले लागेको भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी बैठकमै राजीनामा माग भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा दिल्लीले नभई आफूले मागेको भन्दै राजीनामाको माग गरेका थिए । उनले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आधार के हो भन्ने पनि प्रश्न गरेका थिए ।

बैठकमा बोल्दै बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले पनि प्रधानमन्त्री ओलीले राजीनामा माग गरेका छन् । शुक्रबार र शनिबार सीमा समस्यालगायतका विषयमा केन्द्रीत भएको बैठक आइतबार प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढलाउन भारत र भारतीय दुतावासले बैठकहरु गरेको भन्ने अभिव्यक्ति दिएपछि राजीनामातिर मोडिएको हो । बैठकका लागि तोकिएको एजेन्डामा प्रवेश नगरी बैठक राजनीमामा केन्द्रीत भएको हो ।

बैठकको सुरुमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमले सरकारले काम गर्न नसकेको त्यसले पार्टीलाई गम्भीर धक्का लागेको भन्दै प्रधानमन्त्री ओलीले राजीनामा दिएर निकास दिन माग गरेको एक नेताले बताए ।

भारतीय राज्यसंयन्त्र वा दुतावासले सरकार ढाल्न खोज्यो भनेर बोल्नुकै कुनै अर्थ नभएको भन्दै नेताहरुले पार्टीले प्रधानमन्त्री बनाएको र पार्टीले नै चाँहदा हटाउन सक्ने बताएका थिए ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु