प्रचण्ड र झलनाथले जवाफ मागेपछि बैठक छोडेर निस्किए प्रधानमन्त्री ओली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले दिएको अभिव्यक्तिबारे स्पष्ट पार्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सदस्यहरुले माग गरेका छन् । प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा सार्वजनिक भएपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन दिल्लीबाट सुरु भएको बताएका थिए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र बामदेव गौतमले नेताहरुले बैठकमा प्रधानमन्त्रीलाई सरकार ढाल्न दुतावास सक्रिय भएको भन्ने वास्तविकता के हो ? भन्दै प्रश्न गरेका थिए । उनीहरुले यसबारे प्रधानमन्त्री स्थायी कमिटी बैठकमा जवाफ दिनुपर्ने बताएका थिए ।

उनीहरुले सरकार ढाल्ने कुरा चानचुने नभएको भन्दै यसबारे गम्भीर छलफल हुनुपर्ने बताएका थिए । उनीहरुले प्रधानमन्त्रीले प्रमाण पेश गर्नुपर्ने माग गरेका थिए । ‘प्रधानमन्त्रीलाई हटाउन विदेशी दूतावास र नेपालकै नेताले पनि चलखेल गरेको भन्ने आरोपको आधार के हो ?

सरकार ढाल्ने कुरा ख्याल ठट्टाको विषय हो ? यसमा गम्भीर रूपमा छलफल हुनुपर्छ । प्रधानमन्त्रीले जानकारी दिनुपर्छ’, एक स्थायी कमिटी सदस्यले भने । बैठकमा प्रचण्ड, खनालले जवाफ मागेपछि प्रधानमन्त्री ओली भने बैठक छाडेर निस्किएका छन् ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु