सर्वत्र आलोचना बढेपछि सरकारद्वारा विराटनगरमा विषादी परीक्षण प्रयोगशाला स्थापना

विराटनगर, २३ असार । विराटनगर स्थित बाली संरक्षण प्रयोगशालामा विषादी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । एक नम्बर प्रदेश सरकारको सहयोगमा प्रयोगशाला स्थापना भएपछि विराटनगर भंसार नाकाबाट आयातित तरकारी र फलफूलको विषादी परीक्षणका लागि झापाको विर्तामोड स्थित विषादी परीक्षण केन्द्र जानु नपर्ने भएको छ ।

पहिलो चरणमा स्थानीय बजारमा ल्याइएका तरकारी र फलफूलहरुको विषादी परीक्षण गरिने र विषादी भेटिए नष्ट गरिने सो प्रयोगशालाले जनाएको छ । सरकारले आयात गरिएका तरकारी र फलफूलका लागि अनिवार्य गरेको विषादी परीक्षण केही दिनका लागि स्थगित गरेको जनाइरहेका बेला विराटनगरमा नै प्रयोगशाला स्थापना गरिएको हो ।

सो प्रयोगशालामा कार्बोनेट र अर्गानो फस्फेट ग्रुपको विषादीहरुको परीक्षण गर्न शुरु गरिएको प्रयोगशालाका प्राविधिक सहायक घनश्याम बरालले जानकारी दिनुभयो ।
विषादी परीक्षण प्रयोगशालाका लागि मुख्य चाहिने स्पेक्ट्रोफोटोमिटर र फ्युम हुड लगायतका उपकरणहरु ल्याईसकिएको र अन्य उपकरणहरु जडान गर्ने प्रक्रियामा रहेको बताइएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु