संसद सरकारको छायामा सीमित: गगन थापा

SHARE:
  •  
  •  
  •  

काठमाडौँ– नेपाली काँग्रेसका सांसद गगन थापाले संसद सरकारको छायाका रुपमा सीमित हुदै गएको आरोप लगाएका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसदभवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले सरकारको छाँयाको रुपमा सिमिति भएको संसदका सभामुखले पनि स्वतन्त्र भुमिका निर्वाह गर्न नसकेको आरोप लगाए ।

प्रतिपक्षी दललाई पेलेर जाने नियत सरकारले राखेको र त्यसैलाई सभामुखले अनुसरण गरेको टिप्पणी उनको छ । थापाले संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने बताए ।
“एकपटक फेरी नेपालको संसद नेपालको सरकारको छाँयाको रुपमा सिमिति रहेको छ ।

सभामुखले स्वतन्त्र भुमिका निर्वाह गर्न सक्नुभएको छैन । संसद प्रति सांसदकै भरोसा टुट्छ भने आम व्यक्तिहरुको भरोसा के रहन्छ ? पेलेर जाने रवैया, नियत राख्नुभएको छ । यसले सभामुख दिन प्रतिदिन हाम्रो विश्वास गुमाउदै हुनुहुन्छ  भन्ने कुरालाई पुष्टि गरेको छ । जब सम्म संसदीय छानविन समिति बन्दैन तबसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद चल्ने कुरामा हाम्रो सहयोग रहदैन । सरकारे यसको सामना गर्न र सभामुख यो बनाउन तयार हुनुपर्छ ।” सांसद थापाको भनाई छ ।

मङ्लबारको बैठकमा संसदीय समिति गठन गर्नेमा सकारात्मक रहेका सभामुख सरकारको निर्देशन पछि पछि हटेको दाबी सांसद थापाले गरे । “संसदीय छानविन समिति बनाउने सवालमा सरकार पक्षका सांसदहरले हामी तयार छैनौ भन्नुभयो । कानुनमन्त्रीले तयार छैन भनेपछि उहाँहरुले जे कुरा भन्नुभो सभामुखले त्यही कुरा मान्नुभयो । कम्तिमा हामी एकजना सांसदले कुरा राख्छौ भन्दा कुरा समेत पनि राख्न नदिने । किन कि सरकारवालाको कुरा आज बोल्न पनि नदिने भनिसकेपछि त्यो चाही आदेश पालना गरे जस्तो भयो ।

‘‘हिजोको बैठकमा मन्त्रीले भन्नुभयो ‘म संसदीय समितिको सामना गर्न तयार छु ।’ सभामुखले भन्नुभयो ‘म पोजेटिभ छु । बनाछु ।’ तर त्यसपछाडि उहाँ आज प्रमुख प्रतिपक्षी दल उठ्दै गर्दा संसद चलाउन तयार हुनुहुन्छ । आफै पोजेटिभ भएको छानविन समिति बनाउन तयार हुनुहुन्न भनेपछि यो संसद सभामुखले चलाउनुभएको छ वा सरकार चलाउने मान्छे आफैले संसद चलाईरहेको छ ?” सांसद थापाको प्रश्न छ ।

उनले सर्लाहीका दुई भिन्न भिन्न घटना सामान्य नभएकाले सत्यतथ्यमा नपुगे भविश्यमा लोकतन्त्रलाई नै खतरामा पार्न सक्छ भन्ने मानेर आफुहरुले संसदीय छानविन समिति गठनको माग गरेको स्पष्ट पारे । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद एवं पुर्व प्रधानमन्त्री झलनाथ खनालले हरेक कुरामा संसदीय छाननिव समिति गठन हुन नसक्ने प्रतिक्रिया दिए ।

काँग्रेस र राजपाका सांसदले सर्लाहीका दुई घटनाको सत्यतथ्य पत्ता लगाउन संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेर उभिईरहेकै बेला सभामुखले बैठकको कार्यसूची अगाडि बढाएपछि सांसदहरुले रोष्टम घेराउ गरेका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु