प्रधानमन्त्री ओलीको पक्षमा माइतीघरमा प्रदर्शन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको पक्षमा शुक्रबार पनि माइतीघरमा प्रदर्शन भएको छ।

पार्टीभित्रैबाट राजीनामा माग भएपछि प्रधानमन्त्रीका समर्थकहरुले केही दिनयता प्रदर्शन गरिरहेका छन्।

उपत्यकामा दिनप्रतिदिन कोरोना संक्रमणको जोखिम बढिरहेपनि प्रदर्शन भइरहेको छ।

प्रधानमन्त्री ओलीलाई पार्टी भित्रैबाट राजीनामा दिन दबाब आएपछि ओली समर्थक नेता कार्यकर्ताहरुले विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन्।

ओलीको नेतृत्वमा पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै नेकपा स्थायी समितिका सदस्यहरुले राजीनामाको माग गरिरहेका बेला प्रदर्शन भएको हो।

सरकार आफैले २५ जनाभन्दा बढी एक ठाउँमा भेला नहुन र कुनै सभा सम्मेलन समेत आयोजना नगर्न भनेपनि ओलीकै पक्षमा कार्यकर्ताहरु सडकमा उत्रिएका हुन्।

शुक्रबार विहानै देखि वर्षा भइरहेपनि त्यसको प्रवाह नगरी प्रदर्शन भएको हो।

पार्टीको स्थायी समिति बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका बहुमत सदस्यहरुले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन्।
भिडियो हेर्नुहोस्

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु