काम गर्दा गदै प्रेसर लो भएर ढलेकी १९ बर्षिय सृष्टि अधिकारी कहिल्यै नउठनेगरि अस्ताइन्

धरान । धरानकी १९ बर्षिय सृष्टि अधिकारीको लो ब्लड प्रेसरको कारण मृ**त्यु भएको छ । मृ**तक सृष्टिको आफन्तहरुका अनुसार दिउँसो एक्कासी लडेकी उनको उपचारको क्रममा मृ**त्यु भएको हो । धरान १२ मा बस्दै अधिकारी परिवारको आर्थिक अवस्था समेत कमजोर थियो । कक्षा १२ पढेर धरानकै मेरो मन्टेश्वरी काम गदै आएकी सृष्टिको धरान स्थित विपि कोईराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृ**त्यु भएको हो ।डाक्टरहरुले प्रेसर लो छ भनेका थिए । हामी आयुसिमा ८ दिन सम्म राखेर पनि छोरी बचाउँन सकिएन सृष्टिका आमा बन्दना अधिकारीले भनिन् ।

छोरीले केहि गर्लिन भन्ने थियो मृतक सृष्टिकी आमा बन्दनाले भनिन् ।अक्सर मानिसले लो ब्लड प्रेसरलाई त्यती गंभिरतापूर्वक लिदैनन जति हाइ ब्लड प्रेसरलाई लिने गर्छन् । यद्यपी लो ब्लड प्रेसरलाई पनि नजरअनदाज गर्नु खतरा साबित हुनसक्छ । त्यसैले समयमै यसबाट बच्ने उपाय खोजिहाल्नुपर्छ ।सामन्य रक्तचाप १२० र ८० हुनुपर्छ । तर, यदि तपाईको ब्लड प्रेसर ९० र ६० वा त्यो भन्दा कम छ भने, तपाईलाई लो ब्लड प्रेसरको समस्या छ ।मुटुको समस्या( मुटुको भल्भमा समस्या, हृदयघात वा हृदयसम्बन्धी रोगले पनि रक्तचाप कम हुनसक्छ ।

इन्डोक्राइन समस्या थाइराइड, रक्तअल्पता, लो ब्लड सुगर र कहिले कहिं मधुमेहले गर्दा पनि रक्तचाप न्युन हुनसक्छ ।डिहाइड्रेसन शरीरमा पानीको मात्रा अपुग हुँदा न्युन रक्तचापको समस्या देखापर्न सक्छ । रक्तश्राव चोटपटकको कारण रक्तश्राव भएर अचानक शरीरमा र**गतको कमी भयो भने पनि रक्तचाप न्युन हुन्छ । पोषणको कमी शरीरमा भिटामिन बि १२ र आइरनको कमीले एनीमिया हुन्छ । यसले गर्दा शरीरमा पर्याप्त मात्रामा रेड ब्लड सेल बन्दैन र ब्लड प्रेशर लो हुन्छ ।औषधी उच्च रक्तचाप, मुटुरोग, पार्किसन्स, डिप्रेसनको औषधी सेवन धेरै लिनाले पनि रक्तचाप न्युन हुनसक्छ।

यसका साथै चक्कर आउँदा, डेँगु मलेरिया, कुनै डरलाग्दो दृश्य देख्दा रत्तचाप न्युन हुनसक्छ ।यदि तपाईको न्युन रक्तचाप छ भने त्यसको समयमा उपचार गर्नुपर्छ । अन्याथा यसले खतरा रोगलाई निम्त्याउँछ । यसले तपाईको स्नायु प्रणाली वा मस्तिष्कमा असर गर्न सक्छ । चक्कर आएर जहाँपनि ढल्न सक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु