उच्छृंगल गतिविधि गर्दा होसियार, पर्नुहोला प्रहरीको फन्दामा ।

न्यूज ब्यूरो ।  जनकपुरको विभिन्न भागमा सिसिटिभी क्यामेरा जडान गर्दै अब २४ सै घण्टा निगरानी गर्ने भएको छ ।

अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनमा सघाउ पुग्ने उदेश्यका साथ जनकपुरका केहि भागमा सिसि क्यामेरा जडान गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको १९ लाख ८२ हजारको सहयोगमा १० थान सिसि क्यामेरा जडान गरिएको हो । क्यामेराको कन्ट्रोल सिस्टम स्टेशन प्रहरी चौकीमा राखेको छ ।

 

क्यामेरा कन्ट्रोल कक्षको उद्घाटन बुधवार जनकपुरधामका मेयर लालकिशोर साह, प्रहरी प्रमुख शेखर खनाल, प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलसहितले संयुक्त रुपमा गरे । यस्तै मेयर साहले एसपी खनाललाई रिमोट हस्तान्तरण गरे ।

 

चारैतीर घुम्न सक्ने र एचडी क्षमताको क्यामेरा जडान गरिएको छ । क्यामेरा जुम गरेर लामो दुरीमा रहेका गाडीको नम्बर समेत हेर्न सकिन्छ । जनकपुरको जनक चोक, शिव चोक, रेल्बे स्टेशन, भानु चोक लगायतका ठाउँमा क्यामेरा जडान गरिएको छ । जनकपुर टुडेमा समाचार छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु