भारतका पूर्वविदेश सचिवले सुटुक्क प्रचण्डसँग भेटे तर भेटबारे प्रधानमन्त्री ओलीले सुइँकोसमेत नपाएपछी बालुवाटारमा ठुलै खैलाबैला !

SHARE:
  •  
  •  
  •  

काठमाडौ। भारतका पूर्वविदेश सचिव श्यामशरणले काठमाडौं आएर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि पछिल्लो समय बालुवाटारमा खैलाबैला मच्चिएको खुलेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले दिएको जानकारीअनुसार असार दोस्रो साता श्यामशरण दिल्लीबाट काठमाडौं झरे। उनी नेकपा अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगे। प्रचण्डसँग कुराकानी गरेर उनी दिल्ली फर्किए। प्रचण्ड र श्यामशरणको यो ‘गोप्य’ भेटबारे प्रधानमन्त्री ओलीले केही दिनसम्म सुइँकोसमेत पाएनन्।

‘नेपालका मामिलामा खुब चासो राख्ने पूर्वभारतीय राजदूत श्यामशरणको आवागमन र भारतीय राजदूत मञ्जिवसिंह पुरीसँगले पनि प्रचण्डसँग भेटघाट थालेपछि प्रधानमन्त्रीले आफ्ना विश्वासपात्रसँग छलफल गर्नुभएको हो,’ स्रोतले भन्यो। सेतोपाटीसंग कुरा गर्दै ओली मन्त्रिमण्डलका एक सदस्यले पनि सो कुराको पुष्टि गरे।

यही छलफलपछि प्रधानमन्त्रीको ‘कोर’ टिमका सदस्यद्वय विष्णु रिमाल र राजन भट्टराईले सरकारविरूद्ध भित्री बाहिरी शक्तिहरूले चलखेल गरेको भन्दै सामाजिक सञ्जालमा स्ट्याटस समेत लेखेका थिए। ‘प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकाल सम्पूर्ण रूपमा भारतविरोधी थियो, भारतले त्यो कुरालाई आफ्नो प्रतिष्ठासँग जोडेको हुनुपर्छ, त्यसैले पनि भारतीयहरू अर्का अध्यक्ष प्रचण्डजीसँग नजिकिएका छन्,’ सरकारका एक मन्त्रीले भने।

भारतीय तकारीमा विषादी परीक्षण गर्ने विषयमा विभिन्न मन्त्रीले गरेका फरक-फरक कुरा र भारतीय पत्रबारे प्रधानमन्त्रीले सार्वजनिक रूपमा बोलेको कुरा पनि अहिले आएर यी भेटघाटसँग जेलिन पुगेको छ। प्रधानमन्त्री स्वयंले पनि नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा भारतीय पत्रबारे अर्का अध्यक्ष प्रचण्डले थाहा पाएर पनि आफूलाई केही पनि नभनेको संकेत गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु