बुढीगंगा नदी थुनियो : यी क्षेत्रसम्मका स्थानियलाई उच्च जोखिम,

स्थानीयलाई सचेत रहन आग्रह !

कठमाडौं । बाजुराको बुढीगंगा र त्रिबेणी नगरपालिका बीचमा रहेको बुढिगंगा नदी थुनिन थालेको छ ।

गत वर्षदेखि नै उक्त ठाउँमा पहिरो बग्न थालेको त्रिबेणी नगरपालिका आन्त्रगत ९ पैमा गाउँ तलबाट पहिरो खस्न थालेपछि नदी थुनिदै गएको छ ।

हिउँदको समयमा सुख्खा पहिरो बगे पनि त्यसले खासै असर गरेको थिएन ।

वर्षातमा नदीमा पानीको बहाव बढ्ने भएपछि द्वावारीमा रहेको नदी थुनिदै गएकोले स्थानीयबासी त्रसित बनेका छन् ।।

लगातार पहिरोसँगै ठूला ढुंगा नदीको बीच भागमा जम्मा हुन थालेपछि जतिबेला पनि नदी खतरा रहेको त्रिबेणी नगरपालिकाले नगर प्रमुख रामसिंह रावलले बताएका छन् ।

नदी थुनिदै गएपछि स्थानीयलाई समेत सचेत गराइएको छ ।

पहिरोले बुढीगंगा र त्रिबेणी नगरपालिका जोड्ने झोलुंगे पुल, दुबैतर्फको खेतियोग्य जमिन अघिल्लो वर्ष नै बगाइसकेको छ ।

गत वर्षदेखि नदीबुढीगंगा नगरपालिका तिरको छेउतिर बगिरहेको छ ।

नदी एक छेउबाट बग्न थालेपछि यता बुढीगंगा नगरपालिका–१ अम्कोटको तल्लो भागबाट पहिरो जान सुरु भएको स्थानीय नविन थापाले बताए ।

लगातार पहिरो जान थालेपछि त्रिबेणी नगरपालिका ९ पैमा र बुढीगंगा नगरपालिका १ अमकोटका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन्।

’गाउँको छेउबाटै रातभर गड्याङ गुडुङ आवाज आउँछ ।

निन्द्रै लाग्दैन’,स्थानीय भानुभक्त पाध्यायले भने,’ यहाँ जतिबेला जे पनि हुनसक्छ ।’

त्रिबेणी नगरपालिका–९ पैमाको छेउबाट लगातार आएको पहिरोले गत वर्ष तीन महिनासम्म साँफे– मार्तडी सडक पूर्णरुपमा बन्द भएको थियो ।

पहिरोले बुढीगंगा र त्रिबेणी नगरपालिका जोड्ने झोलुंगे पुल, दुबैतर्फको खेतियोग्य जमिन अघिल्लो वर्ष नै बगाइसकेको छ ।

बाँकी रहेको जमिन कटान हुन सुरु भएको स्थानीय त्रिबेणी नगरपालिकाका नरी रावलले बताए ।

लगातार पहिरो जाने हो भने बुढीगंगा नगरपालिकाकाको क्षेत्रमा रहेको साफे मार्तडी सडकखण्ड, अम्कोटको बस्ती, ताँप्री सेरा,सेरा,फालासेनको तल्लो भाग,बार्जुगाडको तल्लो भाग लगायतका थुप्रै खेतीयोग्य जमिन बग्ने निश्चित छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु