दलितसँग विवाह गरेकी छोरीलाई सिध्याउन सांसद मिश्राले मान्छे खटाएको खुलासा ….

SHARE:
  •  
  •  
  •  

काठमाडाैं । भारतीय जनता पार्टीका एक सांसदकी छोरीले दलित युवासँग विवाह गरेका कारण आफ्नो जीवन खतरामा परेको भन्दै बचाइदिन अपिल गरेकी छन् ।

सांसद राजेशकुमार मिश्राकी छोरी साक्षीले आफू र आफ्नो श्रीमानमाथि आफ्ना सांसद बाबु र आफन्तबाटै ज्यानको खतरा रहेको बताइन् ।

सके आफूहरुलाई छुटाउने र नसके हत्या गर्ने योजनामा परिवार रहेको उनले एक भिडियोमार्फत सार्वजनिक गरेकी छन् ।

भिडियोमा उनका श्रीमान पनि सँगै देखिएका छन् । बाबुका साथीहरु आफूहरुको हत्याका लागि पिछा गर्दै हिंडेको दाबी उनको छ ।

‘बाबा मैले यो सिन्दुर फेसनका लागि लगाएको होइन’, भिडियोमा उनले भेकी छन्, ‘मैले साँच्चै विवाह गरेको हुँ ।

मेरा पछाडि हजुरका मानिसहरु कोही नपठाउनू । यदि म र मेरो श्रीमानलाई केही भयो भने यसको भागिदार तपाईं र तपाईंका साथीहरु हुनेछन् ।’

साक्षीले आफ्ना बाबुलाई पुरातन सोच बदल्न र राजनीतिमा सक्रिय हुन सुझाव दिँदै आफू खुसी हुन र छोरीलाई पनि खुसीको जीवन बाँच्न दिन भनेकी छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु