जनताको करबाट सभाकक्षमै नगरपालिकाको ‘दारु पार्टी’, दारु पिएर नाचगानसहित मोजमस्ती (भिडियोसहित)

दमौली। आफ्नै मोजमस्ती र विलासी जिवनका कारण जनप्रतिनिधिहरु आलोचित बन्दै गएका छन् ।

जनप्रतिनिधि भएर जनताका काम गर्नुभन्दा पनि मोजमस्तीमा रमाएकाहरु पनि यो समाजमा छन् ।

हुँदाहुँदा सरकारको ब्यानर अगाडी राखेर दारुपार्टीमा मस्ती गरिरहेका जनप्रतिनिधिको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

दमौलीको व्यास नगरपालिकाका जनप्रतिनिधिहरुले सबैको शिर निहुर्याउने गरी गरेको मोजमस्तीको भिडियो सार्वजनिक भएको हो ।

उक्त भिडियोमा ३१ औं नगरसभाको निर्णय सार्वजनिक गर्न व्यास नगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलन भनेर ब्यानर राखिएको छ ।

पत्रकार सकिएलगत्तै नगर प्रमुखसहित नगरसभा सदस्य मदिरा सेवन गर्दै मस्तीमा झुमेमा छन् ।

भिडियोमा यो सबै दृष्य प्रष्ट देख्न सकिन्छ । भिडियोमा नगर प्रमुख केही सदस्यसँग नाचगानमा मस्त देखिएका छन् ।

नगरसभा सकिएलगत्तै नगरपालिकाको सभाकक्षमै दारु पार्टी चलेको थियो ।

जसमा नगर प्रमुख, केही वडाध्यक्ष, कार्यपालिका सदस्य तथा नगरसभा सदस्य उपस्थित छन् ।

उनीहरुले वल्ड दरबार ह्विस्की पिउँदै नाचगान गरेको भिडियोमा हृर्न सकन्छ । दृश्यमा कर्मचारीले वल्ड दरबार ह्विस्की सर्भ गरेको प्रष्टै देखिन्छ।

सभाको प्रवेशद्वारकै छेउमा ह्विस्कीका भरी बोतल राखिएका छन् ।

स्थानीय एक दैनिकले यस विषयमा समाचार सार्वजनिक गरेपछि अहिले यो तस्बिर र भिडियो भाइरल भइरहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु