प्रधानमन्त्रीको अयोध्या अभिव्यक्तिविरुद्ध जनकपुरधाममा प्रदर्शन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमी अयोध्या नेपालको पर्सामा रहेको भनेर दिएको अभिव्यक्तिविरुद्ध जनकपुरधाममा प्रदर्शन गरिएको छ।

जानकी मन्दिरका महन्थ, साधुसन्तसहित बिभिन्न हिन्दू संघ–संगठनका पदाधिकारीले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध शनिबार प्रदर्शन गरेका हुन् । प्रधानमन्त्रीले हुँदै नभएको कुरा बोलेर दुई देश बीचको धार्मिक, सांस्कृतिक सम्बन्ध बिगार्न खोजेको उनीहरुको आरोप छ।
भिडियो हेर्नुहोस्

‘जनकपुरधाम–अयोध्याधाम सम्बन्ध कायम रहुन्, प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिउन्, संस्कृति उपरको हमला बन्द गर, धर्म र आस्थामाथिको राजनीति बन्द गर’ जस्ता नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन्।

जनकपुरधामको बिभिन्न भागमा प्रदर्शन गर्दै स्थानीय जनक चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्नेहरुले प्रधानमन्त्रीले भगवान राम र सीतासँग माफी माग्नुपर्ने बताए । जनकपुरधाम–अयोध्याधामको सम्बन्ध अलग नहुने पनि उनीहरुको भनाइ छ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

सम्बन्धित शीर्षकहरु