मुख्यमन्त्री गुरुङ भन्छन्ः देशले अहिलेसम्म खेलकुद बुझेको मन्त्री नै पाएन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले देशले अहिलेसम्म खेलकुद बुझेको खेलकुदमन्त्री नै नपाएको गुनासो गरेका छन् ।

गण्डकी प्रादेशिक क्रिकेट संघको विशेष साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले खेलकुदमा स्पष्ट नीति र योजना भएका मन्त्रीले ल्याउन नसक्दा विकास हुन नसकेको बताए ।

क्यानका पूर्वकार्यबाहक अध्यक्षसमेत रहेका गण्डकी प्रदेश सांसद दीपक कोइरालाले राजनीति हावी हुँदा क्रिकेट संघमा विवाद बढेको बताए । संघको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

यो पनि पद्नुहोस:

योगेशलाई यसकारण म बधाई दिन्नँ

 

युवा नेता तथा नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराईको उमेर ५३ वर्ष रहेछ । नेकपा तथा नेकपा इतरका प्रायः युवाहरूले ‘आश लाग्दा युवा नेता मन्त्री भए अब केही हुन्छ कि !’ भन्ने आशयका स्टाटस र लेख लेखिरहेका छन हिंजोदेखि ।

राजनीतिमा खासै चासो नराख्ने किशोरदेखि जिज्ञासु युवा हुँदै गर्दा हामीले मज्जासंग सुनेको र मज्जैसंग चिनेको नाम हो- योगेश भट्टराई । सायद त्यो नाम अनुसारको उनको कद छिट्टै नै बनेकोले हुनुपर्छ ।
योगेश भट्टराई विद्यार्थी कालदेखि नै राजनीतिमा लागे । चर्चा पनि कमाए । वाककला, तर्क, अध्ययन लगायतमा पनि आफूलाई ठीकठाक राखे । तर, उनलाई मन्त्रीको काकताली ५३ वर्षको उमेरमा आएर पर्‍यो ।

६५ वर्षपछि वृद्ध भत्ताको व्यवस्था स्वयं राज्यले नै गरेको छ । यसको अर्थ हुन्छ- ५५ वर्षपछि मानिसमा बुढयौली देखिन थाल्छ र त्यसको १० वर्ष पछि त ऊ राज्यले नै सघाउनु पर्नेगरी वृद्ध बन्छ ।

तर्क गरिएला- युवा अवस्था भनेको उमेर हैन, जाँगर हो । बिल्कुल हो । मलेसियामा १०० वर्ष पुग्दै गरेका महाथिरले कुशलतापूर्वक शासन सम्हालिरहेका छन् । सकिन्छ- उमेर ढल्किए पनि देश र जनताको लागि काम गर्न सकिन्छ । केही उदाहरणीय अपवाद नभएका पनि हैनन ।

तर नेता वा शासक ‘बायोलोजिकली’ फिट हुनु पनि देश फिट हुनको लागि पहिलो शर्त हो । शासकहरूको उपचार र सुविधामा बहुतै ठूलो मूल्य चुकाइरहेको देशको नागरिकमा पर्छौं हामी । हामीकहाँ आफैं छाता ओढ्न सक्ने, आफैं जुत्ता लाउन सक्ने, आफैं झोला र कोट समाउन सक्ने शासकहरू बहुत कम छन् । अझ त्यसैमा उमेरको बुढयौली र रोग थपियो भने के होला ?!

प्रश्न यी मात्र हैनन् । अहिले जुनजुन युवाहरूले योगेशलाई ट्याग गर्दै ‘दाई बधाई’ लेखिरहेका छन्, उनीहरू हाल कति वर्षका होलान ? लगभग २५ देखि ३५/४० । योगेश जत्तिको मान्छेलाई मन्त्री बन्न त ५३ वर्षसम्मको उमेर कुर्नु पर्‍यो भने राजनीतिक महत्वाकांक्षा बोकेका उनीहरूलाई झन कति समय कुर्नु पर्ला ? क्षमता नभएका त यसै निश्तेज भएर जालान्, क्षमता भएकाहरूले कुन बाटो समाउलान् ?!
विकल्प के देख्लान्, शक्ति र सत्ताको चाकड़ी वा विद्रोह ?!

अब प्रश्न आउँछ ! के राजनीतिमा योग्य योगेशहरू नभएर युवाहरूलाई मन्त्री बन्न ५३ वर्षको उमेर कुर्नु परेको हो त ?! प्रश्नको उत्तर प्रश्नले नै दिन्छन !
– कोईराला, देउवा, दाहाल, चन्द, थापा, भट्टराई, ओलीहरू कुनै विष्णुको अवतार भएर पटकपटक (स्वास्थ्यले साथ नदिंदासम्म पनि) प्रधानमन्त्री भएका हुन् ?!

– विजयकुमार गच्छादार, राजेन्द्र महतो, वामदेव गौतम, रामशरण महत, कृष्णबहादुर महरा, वर्षमान पुन, विष्णु पौडेल, कमल थापा, खुमबहादुर थापा, मात्रिका यादव, उपेन्द्र यादव लगायतकाहरू कुन् विलक्षण प्रतिभाको कारण पटकपटक मन्त्री भए ?!

– आजका योगेश भोलिका गच्छादार, महत र महरा नबन्लान् भन्ने के ग्यारेन्टी छ !?
– आज ‘बधाई दाई’ लेख्ने युवा कमरेडहरू वृद्ध भत्ता बुझ्नु ठीक अगाडी त्यो पनि चाकडीको पापड बेलीबेली बल्लतल्ल मन्त्री पद सुँघ्न पाउने हुन् वा हैनन् भन्ने के ग्यारेन्टी छ ?!

केही समय पहिले राजनीति गर्ने एक युवा साथीलाई मैले प्रश्न गरेको थिएँ- कहिले सांसद बन्नुहुन्छ ? कहिले मन्त्री बन्नुहुन्छ ? कहिले निर्णय गर्न सक्ने र आफूले चाहेको परिवर्तन गर्न सक्ने लेभलमा पुग्नुहुन्छ ? भनेर !
जवाफ प्रश्नमा नै आएको थियो – राजनीति गणित हो र यार ?!

राजनीति गणित हो वा विज्ञान हो त्यो राजनीति गर्नेले नै जानून तर गच्छादार, महत, महरा र वर्षमानहरू दर्जनपटक मन्त्री भइसक्दा पनि अनि महेश बस्नेतहरूले झ्याप्पै मन्त्री पद पाउँदा र अभिषेकप्रताप शाह तथा गायत्री शाहहरूले पैसा र पहुँचको भरमा सांसद पद भेटाउँदा पनि दुई दशक अघिदेखि हामीले जुझारू युवा नेता भनेर नाम सुन्दै आएका योगेशले ५३ वर्षको उमेरमा मन्त्री बन्ने सौभाग्य पाउनु चाहिं अनौठो गणित नै हो । बहुतै अनौठो गणित हो !

‘सो कल्ड’ युवा नेता योगेशलाई बधाई हैन, मेरो सहानुभूतिसहितको शुभकामना छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु