गोर्खा भर्ती बन्द गर्ने परराष्ट्रमन्त्रीको संकेत पछि भारतीय मिडियामा खैलाबैला, मोदीकै मिडियाले बनाए यस्तो रिपोर्ट [भिडियो सहित]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार गोर्खा भर्तीसम्बन्धी नेपाल, भारत र बेलायतबीच भएको सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका थिए । उनले पुरानो सम्झौताको औचित्य नरहेको प्रतिकृया दिए । उनले यो सन्धि अहिलेको अवस्थामा उपयुक्त नभएको र परिमार्जनको आवश्यकता औल्याएका थिए । उनले अहिलेको अवस्थामा त्यसको पुनरावलोकन नगर्दा अहिलेको समयमा अनुपयुक्त देखिए सन्धि खारेज समेत हुन सक्ने संकेत गरे ।

नेपालले गोर्खा भर्ती बन्द गर्न सक्ने संकेत गरेसँगै यसले भारतमा नयाँ तरंग ल्याएको छ । भारतीय मिडियामा यसवारे प्राथमिकताका साथ समाचार प्रकाशन भएका छन् । भारतीय अखबार इण्डिया टाइम्समा यस विषयमा ‘काठमाडौंले किन गोर्खा सन्धि पुनरावलोकन गर्न चाहन्छ ?’ शीर्षमा रिपोर्ट प्रकाशित भएको छ ।

रिपोर्टमा भनिएको छ – नेपालले भारत र बेलायतसँग हस्ताक्षर गरेको १९४७ को सन्धिले ती दुई देशलाई गोर्खालीहरुलाई सैन्य सेवाका लागि लिन अनुमति दिन्छ । अहिले नेपालले यो सन्धि पुनरावलोकनको माग उठाइरहेको छ । यो वर्षको सुरुवातमा नेपालले बेलायतलाई रिटायर्ड गोर्खा सैनिकहरुले लामो समयदेखि सेवा सुविधामा विभेद भोग्नु परेको उल्लेख गर्दै पत्र लेखेको थियो ।

नेपाली मिडियाका अनुसार नेपालले सन्धिका विभेदपूर्ण व्यवस्था खारेज गर्ने वा संशोधन गर्ने योजनासहित बेलायतलाई आग्रह गरेको थियो । अहिले नेपालको द्विपक्षीय सम्झौता पुनरावलोकन गर्ने माग दुई देशबीच सीमा विवादका कारण सम्बन्ध बि’ग्रिएको बेला आएको छ ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

सम्बन्धित शीर्षकहरु