थुनावालाई परीक्षण नगरी छोड्दा गाउँ भरि को’रोन सं’क्रमण !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२० साउन, पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा साउन ४ गते तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गर्‍यो । उनीहरुलाई हि’रासतमा राखेर प्रहरीले अनुसन्धान बढाउँदै थियो । यहीबीचमा केही प्रहरीमा रुघाखोकी जस्तो लक्षण देखिए । को’रोनाको आ’शंकामा स्वाब परीक्षण गर्दा साउन ६ गते ३ जना प्रहरीमा को’रोना सं’क्रमण पुष्टि भयो । प्रहरीलाई को’रोना सं’क्रमण पुष्टि भएपछि अनुसन्धान सकेर तास खेलेको आ’रोपमा प’क्राउ परेका सबैलाई छाडियो ।

उनीहरु घर फर्किए । थप प्रहरी सं’क्रमित भएको पाइयो । जब उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी भयो, केही दिन प्रहरी थु’नामा बसेर घर गएका उनीहरु पनि परीक्षणको दायरामा आए । मंगलबार थु’नुमुक्त भएका एक जनासहित उनकोे सम्पर्कमा आएका ८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ । सं’क्रमित हुनेमा थुनामुक्त भएकै व्यक्तिसहित परिवारकै ४ जना छन् भने बाँकी ४ जना सम्पर्कमा आएका उनका साथीहरु रहेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यमप्रसाद शर्माले जानकारी दिए ।

‘स्याङ्जाका प्रहरीमा सं’क्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको खोजि गरेर स्वाब परीक्षण गर्‍यौं । तिनै मध्ये एक थु’नामुक्त भएर गएका व्यक्ति थिए,’ प्रमुख शर्माले भने, ‘अहिले तिनै थुनामुक्त भएका व्यक्तिसहित सम्पर्कमा आएका ८ जनामा सं’क्रमण पुष्टि भयो ।’

प्रहरीमा सं’क्रमण देखिएपछि थु’नामुक्त भएकाहरुलाई परीक्षण नगरी पठाउँदा स्थानीयमा पनि सं’क्रमण सरेको छ । ‘प्रहरीमा को’रोना सं’क्रमण देखिनेबित्तिकै थुनामुक्त हुनेलाई क्वारेन्टाइनमा राखेर स्वाब परीक्षण गर्न सकेको भए सायद मंगलबार ८ जनामा सं’क्रमण हुन्नथ्यो होला’ स्वास्थ्य प्रमुख शर्माले भने, ‘क्वारेन्टाइनमा राख्न र स्वाब टेस्ट गरेरमात्र पठाउनमा हामी चुकेछौं ।’

जनप्रतिनिधिको जिम्मा लगायौं ! फुत्क्यो !

यो घ’टनालाई लिएर प्रहरी र स्थानीय जनप्रतिनिधिले भने एकअर्कालाई दो’ष दिएका छन् । स्याङ्जा प्रहरी प्रमुख एसपी विमलराज कडेंलले थुनामुक्त भएकाहरुलाई क्वारेन्टाइनमा राख्न जनप्रतिनिधिकै जिम्मा लगाएर पठाइएको बताए । ‘हामीसँग स्रोत, साधन केही हुँदैन । हामीले क्वारेन्टाइनमा राख्न जनप्रतिनिधिकै जिम्मा लगाएका हौं,’ एसपी कडेंलले भनें, ‘तर, क्वारेन्टाइनमा राखिएनछ ।’

तर पुतलीबजार नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष ख्यामनारायण चापागाईंले क्वारेन्टाइनमा राख्न भनेर पठाइएको भएपनि फुत्किएर भागेको बताए । ‘प्रहरीले व्यक्ति जिम्मा लगाएको नभएर क्वारेन्टाइनमा राख्नु भनेर पठाएको हो,’ चापागाईले भने, ‘मैले पनि छिमेक नजिककै मान्छेलाई भनेर पठाएको थिएँ । क्वारेन्टाइनबाट फु’त्किएर हिँडेछन् । राख्न सकिएछ ।’

प्रहरी सं’क्रमित भइसकेकपछि थु’नामा रहेकाहरुलाई परीक्षण विना समुदायमा पठाउनु क’मेजारी हो भन्नेमा दुईमत छैन ।

स्याङ्जामा पछिल्लो समय ट्राभल हिस्ट्री नभएका व्यक्तिहरुमा सं’क्रमण देखिने क्रम बढेको छ । अहिलेसम्म स्याङ्जामा मात्र ५९ जना समुदायका व्यक्तिमा सं’क्रमण देखिएको छ । स्याङ्जामा को’रोना समुदायस्तरमै फैलिएको भन्दै त्रा’स बढिरहेको छ । जिल्ला स्वास्थ्य प्रमुख यमप्रसाद भन्छन्, ‘यसलाई समुदायमा फैलिएको नभनौं, दोस्रो चरणमा चाहिँ पक्कै प्रवेश गर्‍यो ।’

समुदायमा फैलिइसकेपछि कतिबेला कहाँ कसलाई सं’क्रमण देखिन्छ भन्ने पत्तो नहुने उनको भनाइ छ । ‘स्याङ्जामा कन्ट्राक ट्रेसिङका क्रममा समुदायका धेरै जनामा सं’क्रमण देखिएको हो,’ उनले अनलाइनखबरसँग भनेका छन्, ‘कम्युनिटीमा जसलाई पनि देखिएको अवस्था होइन ।’

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

सम्बन्धित शीर्षकहरु