पानीपुरी खानुहुन्छ – कस्तो ठाउमा बन्छ त ! एकपटक हेर्न न छुटाउनु

0 Shares

काठमाडौँ — काठमाडौंको कलंकीमा पानीपुरी बनाउने कारखानामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गतहप्ता छापामार्दा फोहोरैफोहरमा बनाइएको भेट्टायो । काठमाडौंको नाम चलेका ठाउँ र सपिङमल अगाडिका पसलहरुमा उक्त पानिपुरी उत्पादकले सप्लाइ गर्दै आएका थिए ।

कंलकीमा शत्रुधन महतोले सञ्चालन गरेको पानीपुरी कारखानामा साबुन बनाउने तेल, म्याद नाघेको मैदा पानीपुरीमा प्रयोग गरिएको थियो। आकाशको पानी संकलन गरेर पिठो मुछ्ने गरिन्थ्यो। खुट्टाले पिठो मुछ्ने। पानीपुरी बनाउने वरिपरी अत्याधिक फोहोर, घिनलाग्दो थियो। उक्त पानी पुरी बनाउने ठाउँको नाममा खाद्य अनुज्ञापत्र, व्यवसाय दर्ता समेत थिएन।

महतोले दैनिक ५ भ्यान उपत्यकाका होटल, विवाह, सपिङ मल अगाडिका पसललगायतका ठाउँमा पानीपुरी सप्लाई गर्दै आएका थिए।

त्यस्तै खालको पानीपुरी बनाउने ललितपुर, कोटेश्वर, बाफलगरी थप ४/५ ठाउँबाट उजुरी परेको छ। तिनीहरुले नै उपत्यकाको माग धान्दै आएका छन्।

Comments

comments

सम्बन्धित शीर्षकहरु