पत्रकार पुडासैनीले श्रीमतीलाई भिडियो मार्फत भने– परिवारसँग मिलेर बस्नु

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनको मोबाइलमा रेकर्ड गरिएका दुई वटा करीब ८ मिनेट र ३ मिनेटका भिडियो फेला परेको छ । सोही आधारमा अनुसन्धान भइरहेको मल्लले जानकारी दिए ।

उनका अनुसार निज पुडासैनीको साथबाट डिप्रेशनको औषधिसमेत फेला परेको छ । विगत केही समययता उनले औषधिसमेत प्रयोग गर्दै आएको देखिएको छ । भिडियो हेरेकी नुवाकोट जिल्ला वेलकोटगढी नगरपालिका–३ का वडा सदस्य एवं मृतकका छिमेकी दीपक पुडासैनीका अनुसार भिडियोमा दुई जना सञ्चारकर्मी र एक महिलाका कारण आफूले आत्महत्या गर्न लागेको जनाइएको छ ।

पुडासैनीले भिडियोमा मर्नुको कारण जनाउँदै श्रीमतीलाई आफ्नो सम्पत्तिका बारेमा जानकारी दिएर परिवारसँग मिलेर बस्न आग्रह गरेका थिए । सोही भिडियोका आधारमा प्रहरी अनुसन्धान गर्नुपर्ने पुडासैनीको भनाइ छ ।

भिडियो पाउनुअघि हत्या गरिएको आशङ्का गरिएको भए पनि भिडियो हेरेपछि आत्महत्याका लागि दुरुत्साहन गरेको देखिएसँगै आफूहरुले शव बुझेर काठमाडौँ लगेको छिमेकीको भनाइ छ ।आज अन्त्येष्टिसँगै कानूनी परामर्श गरेर अघि बढ्ने मृतकका दाजुसमेत पर्ने पुडासैनीले बताए ।

घटनाको सूक्ष्म अध्ययन भइरहेको भन्दै प्रहरीले विस्तृत विवरण खुलाउन चाहेको छैन । अनुसन्धान प्रभावित हुने भएकाले सबै कुरा भन्न नमिल्ले प्रहरीप्रमुख मल्लले जानकारी दिए ।

पुडासैनीको शव राति काठमाडौँ लगिएको छ । उनी सोमबार चितवनको नारायणगढस्थित होटेल कङ्गारुमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । दुई महीनाअघि सम्म न्युज २४ मा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि माउन्टेन टेलिभिजनका कार्यरत थिए ।

यो पनि पद्नुहोस:

ज्ञानेन्द्रलाई नारायणहिटी, प्रचण्डलाई हेग नपुर्याई देश र जनताले न्याय पाउँदैन

काठडमाडौँ। होटलमा झुण्डिएको अबस्थामा मृत फेलापरेका पत्रकार शालिकराम पुडासैनीको हत्याको रहस्य खुलेको छ । उनको मृत्यु रवि लामिछाने र उनको टिमका कारण भएको प्रहरीले प्राप्त गरेको प्रमाणले देखाएको छ ।

पत्रकार पुडासैनीले अडियो सन्देश छाडेर आत्महत्या गरेको प्रहरीले पत्ता लागाएको छ । अनुसन्धानका क्रममा पत्रकार पुडासैनीको मोबाइलको मेमोरीमा उनले आत्महत्या रोज्नुको कारणबारे बताएको अडियो भिडियो भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट माउन्टेन टेलिभिजनका पत्रकार रामेश्वर सापकोटाका अनुसार मोवाइलमा उनको भिडियो संदेश भेटिएको बताए ।

उनले मोवाइलमा छोडेको संदेशमा भनिएको छ, ‘मलाइ रवि लामिछाने र दीपक दाजुले पछिल्लो पटक धेरै नै ट्रचर दिनुभयो । उहाँहरूले करोडौँ रूपैयाँ कमाउने तर मलाइ कममात्र पैसा दिने । पछि मलाइ अष्ट्रेलिया डिपेन्डेन्ट भिषामा पठाइदिने भनेर एक जना केटीको पछि लगाए । तर त्यहीक्रममा मैले न्यूज २४ टेलिभिजन छाडे पनि । र पछिसम्म मलाइ उहाँहरूले त्यही केटीलाइ बलात्कार गरेको भनेर फसाउने रणनीति बनाउनु भयो । त्यसकारण म अब संसारमा यस्तैगरी बाँचिरहन चाहन्न।’

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका शालिकराम पुडासैनी चितवनको कंगारू होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए । पत्रकार पुडासैनी सोमबार राति नै झुण्डिएको अवस्थामा फेला परेका हुन । प्रहरीले उनको साथमा रहेको परिचयपत्रका आधारमा उनको आफन्तलाइ राति नै खबर गरेपछि उनीहरू चितवन गएका थिए । उनी नाइलनको डोरी पंखामा पासो लगाएर झुण्डिएका थिए ।

लामो समय रवि लामिछानेसँग सिधाकुरा जनतासँग कार्यक्रममा काम गरेका पुडासैनी केहीसाता अघिमात्र माउण्टेन टेलिभिजनमा गएका थिए । उनी टेलिभिजनको उच्च व्यवस्थापनसँग सीधा सम्पर्क गरी मिसन न्युजमा काम गर्न पुगेका थिए । उक्त कार्यक्रमको सम्पूर्ण जिम्मेवारी उनैले लिएका थिए । चितवन पनि उनी रिपोर्टिङकै लागि पुगेका थिए।

Comments

comments

सम्बन्धित शीर्षकहरु