आईसीसीको खेलाडी बरियतामा पारसको छलाङ, धोनीलाई पछि पारे

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी–२० को खेलाडी बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले १५ स्थान सुधार गरेका छन् ।

नयाँ बरियता अनुसार उनी टी–२० को अलराउण्ड तर्फ २६ औं स्थानमा छन् । यसअघि कप्तान खड्का टि–२० अलराउण्डरमा ४० औं स्थानमा रहेका थिए ।

केही समय अगाडि मलेसिया र सिंगापुरमा उनले गरेको प्रदर्शनका आधारमा उनी आईसीसीको बरितयामा अगाडि आउन सफल भएका हुन् । उनले भारतीय खेलाडी सुरेस रैनालाई पनि पछि पारेका छन् । यस्तै सो स्थानमा मिचेल सान्टानेर र इल्टोन चिगंम्बुरा पनि छन् ।

यस्तै ब्याटिङमा पनि कप्तान खड्का ६६ औं स्थानमा उक्लिएका छन । उनको चार सय १७ अंक रहेको छ । उनले भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई पनि पछि पारेका छन् । धोनी ६७ औं स्थानमा रहेका छन् । यस्तै क्रिस गेलपनि पारस भन्दा पछाडि रहेका छन । गेल ७३ औं स्थानमा छन् ।

यस्तै बलिङमा नेपाली बलर बसन्त रेग्मी ७१ औं स्थानमा झरेका छन भने सोमपाल कामी ७८ औं स्थानमा एथावत छन ।

यो पनि पद्नुहोस:

वातावरणको विध्वंस होइन निजगढमा विश्वकै सानदार विमानस्थल बनाउन आएको हुँ: पर्यटनमन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफू वातावरणको विध्वंस गर्न नभई विमानस्थल बनाउन आएको बताएका छन्।

निजगढ विमानस्थलका सन्दर्भमा वन तथा वातावरणको विषयमा विभिन्न क्षेत्रबाट चासो व्यक्त भएकोबारे आफू जानकार भएको र उनीहरूसँग छलफल गर्ने उनले बताए।

‘रूख कटानका सम्बन्धमा म वातावरणलाई विनाश र विध्वंस गर्न आएको होइन, निजगढमा विश्वकै सानदार विमानस्थल बनाउन आएको हुँ। त्यसका लागि उठेका चासोलाई सम्मान गर्छु। सबै सरोकारवालासँग छलफल गर्छु,’ बुधबार मन्त्रालयमा आयाजित पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले भने।

लामो समयदेखि निजगढमा विभिन्न बहानामा चर्चामात्र भएको तर काम नभएको उल्लेख गर्दै मन्त्री भट्टराईले अब कामको मात्र चर्चा हुने बताए।

‘बाहिर जति टीकाटिप्पणी भए पनि निजगढको विकल्प खोज्दैनौं,’ उनले भने।

विमानस्थल आयोजना अघि बढाउन रूख कटानसँगै बस्ती व्यवस्थापन पनि सहजै हुने उनले दाबी गरे।

टांगिया बस्ती व्यवस्थापन गर्न २ मोडल सरकारले ल्याएको भट्टराईको भनाइ छ। पैसा दिएर आफैं जग्गा छनोट गर्ने र स्थानीय सरकारसँगको सहकार्यमा बस्ती नै सारिदिने सरकारको प्रस्ताव छ।

Comments

comments

सम्बन्धित शीर्षकहरु