यस्तो बन्ने भयो धरहरा: बाहिर हेर्दा ११ तला भित्री संरचना भने २२ तला

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ साउन । तीन वर्ष अधि आएको भुकम्पले ढलाएको धरहरा फेरी ठडिने भएको छ । भिमसेन थापाले बनाएका काठमाडौंको एघार तले धरहरालाई १९९० को भुकम्पले दुई तला क्षति पुयाएको थियो भने २०७२ सालमा आएको भुकम्पले पुरै क्षति गरेको थियो ।

दुई वर्षमा निर्माण सक्ने लक्ष्य राखेर सुरु गरिएको काम अहिलेसम्म २० प्रतिशत मात्र सकिएको छ । निर्धारित लक्ष्यमा सक्नलाई कामको गति ब्यापक बनाउनुपर्ने हुन्छ । यतिबेला धरहराको चारैतर्फ घेराबन्दी गरेर धमाधम काम भइरहेको छ । करिब दुई दर्जन कामदार धरहरामा खटिएका छन् । प्राधिकरणका सहायक प्रवक्ता मनोहर घिमिरे विभिन्न व्यावधानका कारण यसअघि धरहरा निर्माणमा ढिलाइ भए अब कामले गति लिने बताउँछन् ।

प्राधिकरणले जीआईईटिसी–रमण जेभीलाई धरहरा पुननिर्माणको जिम्मा दिएको थियो । कम्पनीले ३ अर्ब ४५ कारेडमा धरहरा निर्माणको जिम्मा पाएको छ । उक्त कम्पनी हालै कालोसूचीमा परे पनि त्यसले धरहराको कामलाई असर नगर्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।‘ठेकेदार कालोसूचीमा परे पनि पहिल्यै पाएको ठेक्का अघि बढाउन अवरोध छैन,’ एक अधिकारीले भने ।

धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गरिँदै आएको छ । केही निर्माण उपकरण राख्न र अस्थायी संरचना बनाएर श्रमिकहरु पनि बस्नका लागि नेपाली सेनाले टुँडिखेल प्रयोगको अनुमति दिएको छ ।

धरहरामा भर्या१ङ चढेर होइन, लिफ्टबाट उक्लिन सकिने छ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको छ ।प्राधिकरणका अनुसार धरहराको पुरानो बाहिरी स्वरुप परिवर्तन गरिने छैन । पुरानो स्वरुपमा आधुनिक सुविधा भएको बलियो धरहरा बनाउन लागिएको प्राधिकरणले बताएको छ ।

धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्रि भाग आधुनिक हुनेछ । अहिले भग्नावशेष रहेको धरहराको भागलाई संरक्षण गरेर राखी नयाँ धरहरा बनाइने छ । प्राधिकरणका अनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुने छन् । बेसमेन्टमा तल–माथि गर्नका लागि लिफ्टको व्यवस्था गरिने छ । बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तवरले भित्र पठाउने व्यवस्था मिलाइएको छ ।

धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रर्दशनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्रीसमेत हुने प्राधिकरणले बताएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु