बिजय शाहीले आफ्नो मेमरी पावर देखाउदा माग्ने बुडो तिन छक्क, दिएका थिए नेपाल मै एउटा मात्र भएको किताव पढ्न [भिडियो सहित]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २६ साउन । केहि सेकेन्ड मै पुरा किताबको पेज याद गर्न सक्ने बिजय शाही पछिल्लो समय बिबादमा पनि आएका छन । सुरुमा उनको प्रतिभालाई सबैले वावाही गरेपनि रिपोर्टर्स क्लवमा भएको घटना पछी भने धेरैले आशंका पनि गर्दै आएका छन । यसै बीच चर्चित कमेडियन कलाकार केदार घिमिरे माग्ने बुढाको सामु बिजय शाहीले डेमो दिएका छन ।

कलाकार घिमिरेले शाहीलाई नेपालमा एक मात्र भएको किताव पढ्न लगाएका थिए । कमेडी सम्बन्धि उक्त अंग्रेजी कितावको एक देखि २५ पेज सम्म पढ्न लगाएर १९ र २० नम्बर पेजको शब्द भने लेख्न लगाएका थिए ।

सबैको दर्शकको विस्वास मिलोस भनेर माग्ने बुढाले क्यामेरा कोठामा नै राख्ने भने पनि फर्मुला लिक हुने भन्दै बिजय शाहीले फर्मुला प्रयोग गर्ने बेला भने क्यामेरा बाहिर लैजान आग्रह गरेका थिए । तर कोठा भित्र कोहि जान र बाहिर आउन भने रोकिएको थियो । उनले फर्मुला प्रयोग गर्न करिब २ घण्टा लगाएका थिए । त्यसपछि केहि मिनेट लगाएर उनले दुई पेज लेखेका थिए ।

कुनै चलाखी हुन्छ कि भनेर निक्कै सतर्कताका साथ डेमो लिएका कलाकार घिमिरे बिजय शाहीको मेमरीको नतिजा देखेर नतमस्तक भएका थिए । उनको यो प्रतिभालाई देखेर सम्बन्धित निकायलाई ध्यान दिन समेत अनुरोध गरेका थिए ।

कलाकार माग्ने बुढाले बिजय शाहीलाई शुभकामना दिदै भविष्यमा फर्मुला सिकाउने भए आफु पहिलो बिद्यार्थी बन्ने समेत प्रतिबद्दता गरेका छन ।

हेर्नुहोस उनको डेमोको पुरा भिडियो

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

सम्बन्धित शीर्षकहरु