कार्यालय समयमा राष्ट्रसेवक कर्मचारी बाहिर कतै देखिए कार्बाही

0 Shares

काठमाडौं । सरकार कार्यसम्पादन सम्झौतामार्फत कार्यालय समयमा कार्यालयबाट बाहिर निस्किन कडाइ गरेको छ। कार्यालय समयमा कर्मचारी नभेटिँदा सेवाग्राही मर्कामा परेको र चाँडै हुने काम गर्न दुई तीन दिन लाग्ने गरेको गुनासो आएपछि सरकारले त्यसमा कडाइ गरेको हो।

कार्यालय समयमा कर्मचारी बाहिर निस्किँदा प्रत्येक महाशाखा र विभागमा अनिवार्य लगबुक भर्ने र भराउने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको समाचार नेपाल समाचारपत्र दैनिकमा छ।

कार्यसम्पादन सम्झौतालाई कार्यान्वयनमा ल्याउन निर्देशनसँगै सोको पालना गर्न र गराउन बाध्यात्मक अवस्था उत्पन्न भएको प्रवक्ता भूपाल बरालको भनाइ छ।

यो पनि पढ्नुहोस्

२ तिब्बती युवती, छोरी भन्दै नागरिकता दिने र साक्षी बस्नेसहित ८ जना पक्राउ
काठमाडौं । झूटो विवरण बुझाएर नागरिकता लिने दुई युवतीसहित ८ जना पक्राउ परेका छन् । तिब्बतीलाई छोरी बनाएर जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता दिलाउने पोखरा–१८ सराङकोटका लेखबहादुर थापा, नागरिकता लिने दुई युवती र साक्षी बसेका ५ जनालाई प्रहरीले पक्रेको हो ।

थापाले तिब्बती शरणासरु थापामगर र तासी आङ्मो थापामगरले गत जेठ २६ र असार ६ मा नेपाली नागरिकता लिएका हुन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।र्थीसँग विवाह गरेकी छोरीतर्फका दुई नातिनीलाई आफ्नै छोरी बनाएर सनाखत गरी नागरिकता लिएको प्रशासनले जनाएको छ । तिब्बती बाबु र नेपाली आमाबाट जन्मिएका दुई जनाले नागरिकता लिएका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु