आज इदको दिनमा नै सलमान खान ८ लाख भारुमा बेचिएपछि…

काठमाडौं । नेपाल लगायत विश्वभर आज मुसलमान धर्मावलम्बीको महान पर्व इद अल अजहाको रौनकता छाएको छ । इद अल अजहाको अरबी भाषामा अर्थ हुन्छ ‘ब’लिदानको पर्व’ । मुसलमानको यस पवित्र पर्वलाई त्याग र ब’लिदानको रुपमा मनाइन्छ ।

मुस्लिम धर्म मान्नेहरुले आजको दिनमा केही न केही ब’लि चढाउँछन् । मुस्लिम धर्मग्रन्थ अनुसार पैगम्बर इब्राहिमले अल्लाहको आदेशमा आफ्ना छोरालाई ब’लिदान दिएका थिए । वर्तमान विश्वमा आफ्ना सन्तानलाई कसैले ब’लि दिँदैनन् तर बाख्रा, खसीलाई अल्लाहको नाममा ब’लि चढाउने गर्दछन् । अल्लाहको नाममा ब’लि चढाउनु पर्ने भएपछि धेरै बाख्रा तथा खसीहरु बेचबिखनका लागि बजारमा राख्ने गरिन्छ । सामान्य रुपमा हेर्दा हरेक धर्मको पर्वमा यस्तो देखिन्छ ।

भारतमा यसै सिलसिलामा एक बाख्रा बेच्न राखिएको थियो । रोचक विषय के भने त्यस बाख्राको नाम सलमान खान राखिएको थियो । सलमान खान भारतको सुपरस्टार हुन् । बाख्राको नाम सलमान खान भएपछि यसले भारतमा लोकप्रियता पायो ।

उक्त बाख्राको मूल्य ८ लाख भारु तोरिएको थियो । उत्तर प्रदेशको गोरखपुरमा त्यस बाख्रा बेच्न राखिएको थियो । सलमान खान यतिबेला ८ लाखमा विक्रि भएको बताइएको छ । एएनआइका अनुसार उक्त बाख्राका मालिकले आफ्ना बाख्रा सलमान खान जत्तिकै ह्यान्डस्म र ब’लियो भएको बताएका थिए ।’

Comments

comments

सम्बन्धित शीर्षकहरु