एकै घरका श्रीमान श्रीमतीलाई बन्चरोले मध्यरातमा कस्ले का*ट्यो यसरी ? घटनाबारे यसो भन्छ्न छोरा हेर्नुहोस् भिडियो ।

409 Shares

बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ८ बोबाङमा एक दम्पतीको वि..भत्स ह.*त्या भएको छ । बोबाङको खोरियामा बस्ने ६८ बर्षिय (स्थानीयले रेडियो भन्ने गरेका ) भानबहादुर कामी र निजकी श्रीमति ६० बर्षिया विमा कामीको धारीलो ह.*तियार प्रयोग गरी ह..*त्या भएको प्रहरी चौकी बोबाङका ईञ्चार्ज शीवराज सुवेदीले जानाकारी दिनुभयो ।

शनिवार राति, ह..*त्या गरिएका दम्पति मध्ये भानबहादुरको श.व घर नजिकैको मकै बारीमा रहेको तथा श्रीमति विमाको श.व आफ्नै घरभित्रै वि.*भत्स अवस्थामा रहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर आएको प्रहरी ईञ्चार्ज सुवेदीले जानाकारी दिनुभयो ।
थप भिडियोमा हेर्नुहोस् ।

‘मुलुक रुपान्तरणमा युवाको भूमिका सशक्त बनाइनुपर्ने’
मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा युवाको भूमिकालाई थप सशक्त बनाउने उद्देश्यले राजधानीमा आजदेखि नेपाल युवा उद्यमशीलता सम्मेलन–२०१९ को आयोजना गरिएको छ । युवा उद्यमशीलता विकास गर्न आवश्यक पर्ने स्रोत, साधन र सोचको विकास गराउने लक्ष्यका साथ सम्मेलनको आयोजना गरिएको हो ।

प्रदेश नं ३ सरकार, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपले संयुक्तरुपमा आयोजना गरेको सम्मेलनमा उद्यमशीलता प्रवद्र्धनका विविध आयामका बारेमा बहस पैरवी हुनेछ । सम्मेलनमा उद्यमशीलता विकासमा देखिएका चुनौती सम्बोधन गर्न सरकारका तर्फबाट चाल्नुपर्ने कदमका विषयमा समेत छलफल हुनेछ ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको सन्दर्भमा नेपालमै उद्यमशीलताको सम्भावना उजागार गर्ने विषयमा बहस हुने बताइएको छ । दुई दिनसम्म चल्ने सो सम्मेलनमा विभिन्न विषयवस्तुमा आधारित रहेर पाँच वटा सत्र सञ्चालन हुनेछ ।

सम्मेलनको आज एक कार्यक्रमबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले मुलुकको रुपान्तरणमा युवालाई जोड्न सरकारले नयाँ कामको थालनी गरेको बताउनुभयो ।

नेपालमा उद्यमशीलताको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले श्रमको सम्मान गर्ने मानसिकताको विकास हुन नसक्दा युवा पलायन बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि क्षेत्रमा उद्यमशीलता विकासको ठूलो सम्भावना रहेको छ । विदेश पलायन हुने युवालाई स्वदेशमै काम गर्ने वातावरण निर्माण गर्न सबैको सहयोगको खाँचो रहेको छ ।”

सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले युवा पलायन रोक्न तथा स्वदेशमै उद्यमशीलताको विकास गर्न सरकारले सहुलियत व्याजमा विभिन्न कर्जा उपलब्ध गराएको बताउनुभयो । उहाँले युवालाई उद्यमी बनाउन बीउ पूँजी अनुदान र व्यवसाय विस्तारका लागि सहुलियत व्याजमा कर्जा उपलब्ध गराउने प्रक्रिया शुरु गरिएको बताउनुभयो ।

सरकार एक्लैको प्रयासबाट उद्यमशीलताको विकास हुन नसक्ने बताउँदै अर्थमन्त्री खतिवडाले निजी क्षेत्रको सहयोगको खाँचो औँल्याउनुभयो । सहुलियत कर्जा प्रवाहमा बाधक नबन्न वाणिज्य बैंकहरुलाई आग्रह गर्दै उहाँले भन्नुभयो, “सहुलियत कर्जा प्रवाह गर्न वाहना नगर्नुस्, सरकार हस्तक्षेपकारी हुन चाहँदैन, सामाजिक जिम्मेवारी वहन गर्नबाट पछि हटियो भने सरकार कठोर कदम चाल्न बाध्य हुनेछ ।”

प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले युवा उद्यमशीलता विकास गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडाले उद्यम गर्ने सहज वातावरण निर्माण गर्न कानूनी तथा प्रक्रियागत जटिलता हटाइएको बताउनुभयो । उहाँले उद्योग स्वीकृतिदेखि दर्तासम्म एकै स्थानबाट शुरु गरिएको जानकारी दिँदै उद्योगमैत्री कानून निर्माणमा ध्यान केन्द्रित गरिएको बताउनुभयो ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले यस वर्षलाई युवा परिचालन वर्ष घोषणा गरी कृषि, पर्यटन, सुशासन प्रवद्र्धन, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा, सामाजिक विभेदका विरुद्धमा युवा अभियान सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले युवामा सिर्जनशीलता, उद्यमशीलता तथा अन्वेषणात्मक क्षमताको विकास गरी राष्ट्रको आधारभूत शक्तिको रुपमा स्थापित गर्दै उनीहरुमा रहेको क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । परिषद्ले उद्यमका सम्भावना पहिल्याउँदै बेरोजगार युवालाई सीप र पूँजी उपलब्ध गराई सम्भावनासँग जोड्ने काम गर्दै आएको उहाँको भनाइ थियो ।

आइएमई ग्रुपका सहसंस्थापक हेमराज ढकालले नेपालका दुई छिमेकीको समृद्धिबाट लाभ लिन सक्ने गरी नीति निर्माण गरिनुपर्नेमा जोड दिँदै उहाँले उद्यमका क्षेत्रमा रहेका सम्भावना पहिचान गर्न नसक्दा युवा उद्यमशीलता विकास हुन नसकेको बताउनुभयो ।

विशाल फाउण्डेशनका संयोजक विशाल गैरेले विकास र समृद्धिमा युवालाई जोड्ने नीति ल्याउनुपर्नेमा जोड दिँदै उद्यमीलता विकास गर्न सरकारले शिक्षामा लगानी बढाउनुपर्ने बताउनुभयो । अबका युवा गफ र नारामा विश्वास नगर्ने उल्लेख गर्दै उहाँले साँच्चै युवा र मुलुकको समृद्धि देखिने गरी कार्यक्रम सञ्चालन गरिनुपर्ने बताउनुभयो । सम्मेलनमा सातै प्रदेशबाट २०० भन्दा बढी युवा उद्यमीको सहभागिता रहेको छ । सम्मेलनकै क्रममा डा प्रदीपमान तुलाधरले लेख्नुभएको ‘म पनि सक्छु’ पुस्तकको विमोचन गरिएको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु