अभिनेता ड्वेन जोहन्सन उर्फ ‘दि रक’ पुन: सबैभन्दा महँगो कलाकार बन्न सफल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लसएन्जेल्स,(एजेन्सी) अमेरिकाको हलिवुडका चर्चित अभिनेता ड्वेन जोहन्सन उर्फ ‘दि रक’ लगातार दोश्रो वर्ष पनि सबैभन्दा महँगो कलाकार बन्न सफल भएके सम्पत्ति विवरण सम्बन्धी पत्रिका फोर्बेसले जनाएको छ । पुर्व रेसलर उनले १ जुन २०१९ देखि १ जुन २०२० बिच ८ करोड ७५ लाख अमेरिकी डलर कमाएका छन् साथै सोहि अवधि भित्र उनले नेटफ्लिक्स थ्रिलर रेड नोटिसबाट २ कराडे ३५ लाख डलर कमाउन सफल भएका छन् ।

यसैगरी उनले आफ्नो फिटनेस क्लोथिंग लाइन अर्थात प्रोजेक्ट रकबाट पनि मनग्गे पैसा कमाएका छन् । फोर्बेसका अनुसार धेरै पैसा कमाउने दस कलाकारको कूल कमाई यसवर्ष ५४ करोड ५५ लाख डलर पुगेको छ । जोहन्सनको रेड नोटिसका सह कलाकार ¥यान रेनोल्ड्स सबैभन्दा बढि पारिश्रमिक पाउने दोश्रो व्यक्ति भएक छन् । उनले यसवर्ष ७ करोड १५ लाख डलर कमाउन सफल भएका छन् ।

उनले रेड नोटिसबाट २ करोड र अर्को नेटफ्लिक्स फिल्म सिक्स अन्डरग्राउन्डबाट २ करोड डलर कमाएका छन् । त्यसैगरी वार्षिक ५ करोड ८० लाख डलर कमाएर अभिनेता तथा निर्माता मार्क वाल्वर्ग वरियताको तेश्रो स्थानमा परेका छन् ।

उक्त टपटेन सुचिमा पर्ने एकमात्र वलिवुड कलाकार अक्षय कुमार रहेका छन् । छैठौं स्थानमा रहेका अक्षयको कूल आम्दानी ४ करोड ८५ लाख डलर रहेको छ । यस सुचिभित्र अन्य कलाकार लिन –म्यानुयल मिरन्डा,विल, स्मिथ एडम स्यान्डलर र ज्याकी च्याँग पनि परेका छन् ।
प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

सम्बन्धित शीर्षकहरु