भर्खरै प्रधानमन्त्री ओलीले लिए यस्तो निर्णय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। विश्वमा को’रोना म’हामारी हुनुभन्दा पहिला नेपालबाट दैनिक १ हजारभन्दा बढि युवाहरु रोजगारीका लागि विदेशीने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ। देशमा उचित रोजगारीको अवसर नपाएकाले युवाहरु विदेशीन बा’ध्य भएका हुन्। तर, अब त्यस्तो बाध्यता नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार आयोजित विशेष कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही वर्षभित्रै रोजगारीका लागि विदेश जानुपर्ने बा’ध्यता हटाउने गरी सरकारले काम गरिरहेको बताएका छन्। उनले रोजगारीकै लागि विदेश जानुपर्ने स्थिति अन्त्ये गर्नेगरी सरकारले रणनीति बनाएको बताएका छन्।

प्रधानमन्त्री ओली तीन करोड जनसंख्या भएको देशका २६ लाख युवा बाहिर हुनु खुसीको कुरा नभएको बताए। ‘देश निर्माण गर्नुपर्ने मुख्य शक्ति नै देश बाहिर जानु अवश्य नै खुसीको कुरा होइन’, उनले भने, ‘त्यसैले हामीले यस दिशामा ठोस प्रयासहरु अगाडि बढाएका छौं। र हामी केही वर्षभित्र रोजगारीका लागि, छनौटका हिसाबले बाहिर जानु बेग्लै कुरा हो, बाध्यताको हिसाबले बाहिर जाने स्थितिलाई अन्त्य गर्ने रणनीतिका साथ सरकार काम गरिरहेको छ।‘

देशमा अहिले ६० प्रतिशत जनसंख्या सक्रिय जनशक्ति रहेको र त्यस मध्ये पनि ४० प्रतिशत युवा रहेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको विकासको एक महत्वपूर्ण आधार युवाजनशक्ति भएको बताए। उनले युवा जनशक्तिको उचित प्रयोग गर्न सकिने हो भने देश विकास गर्न कुनै समय नलाग्ने बताए।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

सम्बन्धित शीर्षकहरु