आज राति १०:३० बजेदेखि ‘पर्सिड मिटियर सावर’ नामक उल्का वर्षा हुँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २८ साउन । आज राति १०ः३० देखी ‘पर्सिड मिटियर सावर’ नामक उल्कावर्षा बिहान ५ बजे सम्म सकृय हुने भएको छ । स्विफ्ट टटल नामक पुच्छे्र ताराका कारण हुने उल्का वर्षा यस वर्ष अगष्ट १२ को राति देखि अगष्ट १३ को बिहानसम्म अत्याधिक मात्रामा देखिने भएको हाे ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार ती उल्का वर्षाको स्रोत पर्सियस (ययाति) तारा मण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई पर्सिड मिटियर सावर नाम दिइएको छ । स्विफ्ट टटल अहिले पृथ्वीको नजि’क छैन । स्विफ्ट टटलले सुर्यको एक पटक परिक्रम गर्न १३३ वर्ष लगाउछ । तर यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ ।

जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छे्ताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठो’क्किएर ज’ल्दछन्। यसैलाई हामी उल्का वर्षा भनिन्छ। उल्कावर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ । उल्का वर्षा स्थानीय समय अनुसार १२ अगस्टको राती १०:३० बजे देखि अगस्ट १३ बिहान ५ बजे सम्म देख्न सकिनेछ ।

तर अत्या’धिक मात्रामा भने अगस्ट १३ बिहान ३/४ बजे देख्न सकिने छ । यस वर्ष त्यस बेला प्रति घण्टा एक सय पचास वटासम्म उल्का वर्षा देख्न सकिने अनुमान गरिएको छ । ती उल्का वर्षाहरुको गति प्रति सेकेण्ड ६० कि।मि। सम्म हुने भएकोले करिब ७० कि.मि. माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ ।

यस वर्ष जुलाई १७ देखि नै सकृय उल्का वर्षा अगष्ट २६ तारिख सम्म सकृय रहनेछ । अत्याधिक उल्का वर्षा हुने अगष्ट १२ राती देखि अगष्ट १३ बिहानी सम्मको समयमा नाङ्गो आँखाले नै उत्तरपूर्वी आकाशमा हेरेर अवलोकन कर्ताहरुले मनोरञ्जन लिन सकिनेछ । तर आफू रहेको स्थानको आकाश खुल्ला र सफा रहे मात्र अवलोकन कार्य सम्भव हुनेछ ।

के हो त स्विफ्ट टटल ? स्विफ्ट टटल १८६२ जुलाईमा अमेरिकन खगोलविद् द्वय लेविस स्विफ्ट ९१८२०–१९१३० र होरस टटल ९१८३८–१९३३० द्वारा पत्ता लगाइएको पुच्छ्रेतारा हो । ले विस सन १९९२ म सुर्यको नजिक आएको यो पुच्छ्रे तारा अब सन २१२५ मा मात्र नजिक आउनेछ। हाल यो पुच्छ्रेतारा पृथ्वीको नजिक छैन तर यसले आफ्नो कक्षमा छोडेका च’ट्टान र धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भई ज’ल्दछन् । यसलाई नै उल्कावर्षा भनिएको हो ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

सम्बन्धित शीर्षकहरु