यी हुन् उत्कृष्ट राष्ट्रसेवक कर्मचारी, जसले पाए सम्मान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कास्की। भ्र’ष्टाचारवि’रुद्धको नागरिक निगरानी संस्था (सिटिजन्स् जुरी) कास्कीले डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठलाई उत्कृष्ट राष्ट्रसेवक कर्मचारी–२०७६ बाट सम्मान गर्ने भएको छ। प्रतिभा छनोट समितिले वातावरण एवं सम्पदा संरक्षणमा उल्लेखनीय योगदान दिएको भन्दै श्रेष्ठकोे नाम सिफारिस गरेकोमा संस्थाको बुधबार बसेको बैठकले सो अनुमोदन गरेको हो।

साथै उत्कृष्ट प्रतिष्पर्धामा पर्न सफल नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतमलाई ‘सुशासन प्रवर्द्धन’ र जिल्ला प्रशासन कार्यालय कास्कीका शाखा अधिकृत लक्ष्मण बराललाई ‘नागरिक सरोकार’ अन्तर्गत कदरपत्र सहित सम्मान गरिने संस्थाका सचिव रामबहादुर पौडेलले जानकारी दिए। तीन सदस्यीय प्रतिभा छनोट समितिमा संस्थाका सचिव रामबहादुर पौडेल संयोजक तथा सदस्यमा शशी तुलाचन र इन्द्रकमल मानन्धर थिए।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

सम्बन्धित शीर्षकहरु