११ वर्ष विदेशमा घोटिए श्रीमतीलाई ११ देखि नर्सिङ पढाए, नर्स बनेपछि घर आउँदा अर्कैसँग पोइल गई

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । वैदेशिक रोजगारीले धेरैको जिन्दगी बर्बाद पारेको छ । यस्तै एउटा घटना बाहिर आएको छ । राजन गिरी जो केही वर्ष देखि खाडीमा पसिना बगाउँदै आइरहेका छन् । उनको घर भूल्के–५ भोजपुर तर अहिले विराटनगर–४ मा डेरा गरी बस्दै आएका छन् ।

उनी गरिब परिवारको भएका कारण आफ्नो जिविका चलाउनका लागि मलेसियामा गएर काम गर्न थालेको पनि ११ वर्ष पुरा भएको उनी सुनाउँछन् । गरिब भएपनि घरमा एकजना शिक्षित हुनुपर्छ भन्ने लागेर उनले श्रीमतीलाई पढाउने निर्णय गरे र प्लस टु पढाए ।

प्लस टु पढाएर पनि केही नहुने देखेपछि मैले उनलाई स्टाफ नर्स पढाए । दिनरात मेहेनत गरेर विदेशी भूमीमा पसिना बगाएर कमाएको पैसाले विराटनगरमा कोठा भाडामा लिएर राखेर श्रीमतीलाई स्टाफ नर्ससम्म पढाए र उनी नोबेल हस्पिटलमा काम गर्न थालिन् ।

तर, नर्स भएपछि श्रीमतीले उनलाई धोका दिइन् र उनले पसिना बगाएर कमाएको सम्पत्ति लिएर अर्कैसँग विवाह गरेर गइन् । आफ्नी श्रीमती ४ तोला सुन लिएर भागेको उनले बताए । उनी अहिले सबै नेपाली साथीभाई हरूलाई श्रीमतीको सबै कुरामा विश्वास गर्न नहुने रहेछ भनेर सल्लाह दिन चाहान्छन् ।

उनी आफैं यसको ज्वलन्त उदाहरण भएको हुँदा अरुलाई यसो नपरोस भनेर सचेत पार्न चाहान्छन् । उनले आफुले बगाएको पसिनाको कमाईमा पढेर काम गर्न थालेकी श्रीमतीले घर सानो भयो, मलाई जागिरमा जान गाह्रो भयो मोटरसाईकल चाहियो भन्दै आफुलाई विदेशिन बाध्य बनाएको दुःखेसो गरे ।

यसक्रममा श्रीमतीले आफूसँग जोडी नमिल्ने, लवाई खुवाई मिल्दैन भन्दै सम्पत्ति कम भएको भन्ने निहुँमा झगडा गर्ने र आफुलाई फेरी विदेश जान बाध्य बनाएपछि आफु मलेसिया आएको ११ महिनापछि अर्कैसँग विवाह गरेको आरोप लगाए ।

यता आफु भने श्रीमतीको पढाई खर्च कसरी पुर्याउने भन्दै कति दिन भोकै बसे, भोकै काम गर्नुपरेको उनी याद गर्छन । तर, अहिले उनलाई आफ्नो उक्त मेहेनत खेर गयो भन्ने लाग्छ । अहिले अनेक बहाना बनाएर अर्कैसँग गएको उनले बताए । उनकी श्रीमतीको नाम सुमित्रा गिरी हो ।

अहिले राजन अहिले पनि मलेसियामा छन् । उक्त घटनाबारे उनकी बहिनी हिरा गिरीले विराटनगर चौकीमा निवेदन दिएकी छिन् । हिराले दाईले विदेशबाट पैसा पठाएर भाउजुलाई पढाउनु भयो तर अहिले धोका भयो भन्दै उजुरी दिएकी छिन् ।

हिराका अनुसार, ‘दाइले विदेशबाट पैसा पठाएर भाउजुलाई पढाउनु हुन्थ्यो । दाईको बिहे सुमित्रासँग एसएलसी दिएपछि भएको हो । सुमित्रालाई दाइले नै प्लस टु र स्टार्फ नर्स पढाउनु भएको थियो । नोवेल मेडिकल कलेजमा काम गरेको दुई बर्ष हुन लागेको थियो ।’

हिराले अगाडी भनिन, ‘भाउजु विएसी गर्न भन्दै काठमाडौं जानु भयो गत वर्ष मंसिरमा । काठमाडौ गएको केही दिनपछि वहाले फो गरेर आफूले बिहे गरेको बताउनु भयो । त्यसपछि कुनै सम्पर्क भएको छैन् । पढ्न दाइले नै पठाउनु भएको थियो । तर, सम्पर्कमा नआएपछि मैले पुसमा जिल्ला प्रहरी कार्यालयमा मोरङमा मान्छे हराएको भन्दै उजुरी गरे । यस विषयमा प्रहरीले कुनै जानकारी दिएन ।’

यता जिल्ला प्रहरी कार्यालय मोरङले गत बर्ष सुमित्रा गिरी हराएको भन्दै खोजी गरिदिन निवेदन परेको जानकारी दिएको छ । सुमित्राको खोजी गर्दा फेला नपरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । यस प्रकारका घटनाहरु समयसमयमा बाहिर आउँने गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु