१७ हजारको रगत कसैका छोरीबुहारीको ढलिमलिका लागि मात्रै हो त ?

6K Shares

काठमाडौं । प्रा.डा. सुरेन्द्र केसीले कश्मिर प्रकरणमा केही विषय फरक तरिकाले बुझ्ने कोसिस भइरहेको बताएका छन् । नेपालआजको नियमित भिडियो स्तम्भ ‘इतिहास र अनुभूति’ मा कुरा गर्दै डा. केसीले भने, ‘भारतमा अंग्रेज साम्राज्यले त्यस क्षेत्रमा रहेका सात सय भन्दा ससाना राज्यहरुलाई एकीकरण गर्यो । त्यसअन्तर्गत कश्मिर पनि थियो । अंग्रेजले छाडेपछि त्यो भूखण्ड एकीकृत भएर अहिलेको भारत बन्यो । प्रकारान्तरले कश्मिरको प्रकरण फरक हुन गयो । तर कश्मिर पनि तिनै सात सय राज्य मध्येको एक थियो । यदि कश्मिर स्वतन्त्र देश थियो भने बाँकी सात सय पनि स्वतन्त्र थिए । थिएन भने कुनै पनि स्वतन्त्र थिएनन्, भारतकै अभिन्न अंग थिए ।’

नेपालमा पनि कश्मिरको विषय झै गलत तर्क गर्ने लाल बुझक्कडहरु धेरै भएको उनले बताए । उनले भने, ‘भारतमा अंग्रेज साम्राज्यले विस्तार गरेको वा एकीकरण गरेको चाहिँ मान्य हुने, नेपालमा चाहिँ पृथ्वीनारायण शाहले गरेको एकीकरण विस्तारवाद हुने, साम्राज्यवाद हुने ? यो कसरी सम्भव छ ? नेपालमा लिम्बुवान, किराँत क्षेत्र तिर गोर्खा साम्राज्यले आफ्नो देश खाइदिएको भनेर तर्क गर्नेहरुलाई म लालबुझक्कड बाहेक केही भन्न सक्दिनँ ।’

भारतमा कश्मिरलाई दिइएको विशेषाधिकार खोस्दैमा त्यो क्षेत्र शान्त हुने कुरामा डा. केसी सहमत छैनन् । किनभने कश्मिरीहरुले विशेषाधिकार पाएका कारण त्यसलाई हेरेर भए पनि केही मात्रामा चित्त बुझाएका थिए । त्यो हैसियत पनि खोसिएपछि उनीहरु अझ अशान्त बन्न सक्छन् ।

कश्मिरमा भारतले एक्सन गरेपछि अरुणाचल प्रदेशमा भएको विवाद, चीनले समेत कश्मिरको हिस्सा ओगटेको भन्ने विवादका कारण चीनले असन्तुष्टि जनाएको डा. केसीको विश्लेषण छ ।

नेपाल आजले तयार पारेको यो विशेष अन्तर्वार्ता हेर्नुहोस:

Comments

comments

सम्बन्धित शीर्षकहरु