आफु अस्वस्थ भएको भन्दै यी सांसदले दिए राजीनामा

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । आफ्नो स्वास्थ्य अवस्थालाई देखाउँदै राजीनामा दिएका सांसद सुर्यनारायण यादवको राजीनामा फिर्ता गराउँने पहल सुरु भएको छ । सप्तरी १ बाट तत्कालिन समाजवादी फोरमबाट प्रतिनिधिसभा सदस्यको रुपमा निर्वाचित भएका सांसदले हिजो मात्र सभामुख कृष्ण बहादुर महरालाई बुझाएका थिए । समाजवादी पार्टीका यादवको राजीनामा फिर्ता गराउँन पार्टीले पहल गरेको हो ।
यादवले मधुमेह , मृगौला तथा उच्च रक्तचापको समस्या भएको र त्यसले गर्दा बेहोस समेत हुने गरेको भन्दै आराम गर्न उनले राजीनामा दिएका थिए । यता यादवले पार्टीमा कुनै पनि जानकारी नगराई राजीनामा दिएको भन्दै राजीनामा फिर्ता गराउँने पहल भएको हो । यादव सप्तरीका नामी डाक्टरसमेत हुन् । उनी बालरोग विशेषज्ञको हुन् । चिकित्सा क्षेत्रमा काम गर्दा गर्दै उनी राजनीतिमा समेत होमिएका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु