दिवंगत भाईको नाममा विदेशी बैंकका पैसा भएको पुष्टि गर्न म चुनौति दिन्छु : गंगा दाहाल

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न नेकपाका अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने प्रचारबारे गंगा दाहालले आपत्ति जनाउँदै दुष्प्रचार गर्नेहरुलाई यथाशिघ्र कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई अनुरोध गरेकी छन् । प्रचण्ड सचिवालयले पनि उक्त प्रचारको खण्डन गर्दै विज्ञप्ती जारी गरेको छ ।

प्रचण्डका स्वकिय सचिवसमेत रहेका स्व. प्रकास दाहालका कान्छी दिदी गंगा दाहालले मार्मिक शब्दमा सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘हाम्रो दिवंगत भाइको नाम लिएर दुस्प्रचार र बद्नाम गर्न खोज्ने मानसिक रोगीहरुलाई, प्रकाश या कुनै पनि परिवारको सदस्यको नाममा बिदेशमा एक पैसा पनि भएको पुष्टि गर्न चुनौती दिन्छौं र यस्ता खालका भ्रामक र दुष्प्रचार गर्नेहरुलाई यथाशिघ्र कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई अनुरोध पनि गर्दछौं।


हाम्रो दिवंगत भाई को नाम लिएर दुस्प्रचार र बद्नाम गर्न खोज्ने मानसिक रोगीहरुलाई, प्रकाश या कुनै पनि परिवारको सदस्यको नाम मा बिदेशमा एक पैसा पनि भएको पुष्टि गर्न चुनौती दिन्छौं र यस्ता खालका भ्रामक र दुष्प्रचार गर्नेहरुलाई यथाशिघ्र कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई अनुरोध पनि गर्दछौं।

Comments

comments

सम्बन्धित शीर्षकहरु