Breaking news…. रबि लामिछाने लगाएत तिन जना पक्राउ ?

काठमाडौं : चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेवि*रुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका छन्।

पत्रकार पुडासैनीको श%व भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो।

बुधबार पुडासैनीले आ*त्मह*त्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा एसपी मल्लले यस्तो बताएका हुन्।

पत्रकार पुडासैनीले आ*त्मह*त्या गर्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गाय*ब गरेको आरोप लागिरहेका बेला मल्लले रविसहित तीनजनावि*रुद्ध कारवाही थालिएको जानकारी दिएका हुन्।

किटानी जाहेरी आए पक्राउ गर्छौंः प्रहरी

पुडासैनीलाई आत्म**हत्या गर्न बाध्य पार्नेलाई कारबाही हुने चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको भनाइ छ ।

‘हामीले भिडियोबारे घटना भएदेखि नै अनुसन्धान गरिरहेका छौं । आत्म**हत्या गर्न बाध्य पारिएको फेला परेको छ । अब पीडित परिवारले किटानी दिए नाम लिएका माथि पक्रा*उ गरेर अनुसन्धान हुन्छ,’ मल्लले भने ।

यो भिडियोसँगै अब न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज र नर्स अस्मिता कार्कीमाथि प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।

पत्रकार पुडासैनीले भिडियोमा रवि, दीपक बोहोरा र ओखलढुंगाकी युवती अस्मिता कार्कीका कारण आफूले आ*त्मह*त्या गर्न बाध्य भएको कुरा भिडियोमा बोलेका छन्। एसपी मल्लले असार २१ देखि नै चितवन प्रहरी यही प्रकरणको अनुसन्धानमा जुटेको बताएका छन्।

‘म यही विषयमा लागि रहेको छु । प्रहरीले उहाँ (रवि लामिछाने) लाई सम्पर्क गरिरहेको छ’, एसपी मल्लले भने, ‘अब पक्रा*उ गरी कावाही प्रकृया अघि बढाइन्छ। म त्यो प्रकृयामा लागिसकेको छु।’

एसपी मल्लले पुडासैनीको मोबाइल फोन र उक्त फोनमा रहेका अडियो, भिडियो ल्याबमा परीक्षण भइसकेको पनि जानकारी दिए । उनका अनुसार ल्याव परीक्षणबाट मोबाइलमा भेटिएको भिडियोको आवाज पुडासैनीकै पुष्टि भएको छ। ‘विधि विज्ञान प्रयोगशालामा गरिएको ल्याव रिपोर्ट पनि आइसेको छ’, मल्लले भने, ‘किटाणी जाहेर आएपछि अब कारवाही प्रक्रिया अघि बढ्छ।’

पत्रकार शालि**कराम पुडासैनीले आत्म**हत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएको छ । यो भिडियो नेपालआजको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

पुडासैनीको रुँदै बोलिरहेको भिडियोमा रवी र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको भनेका छन् ।

उनले भिडियोमा विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन् ।

पत्रकार शालिकराम पुडासैनीको भिडियो सार्वजनिक

अन्तर्राष्ट्रिय विमानस्थल सुधारको प्रतिबद्धता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अवको एक महीनाभित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शद्धारा आज यहाँ आयोजित “नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका सम्भावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका” विषयक अन्तक्र्रियामा मन्त्री भट्टराईले पहिलेको तुलनामा सुधार भएको र आकाशमा हुने ‘हवाई ट्राफिकिङ’ लगायतका समस्यालाई अझै व्यवस्थित ढङ्गबाट समाधान गरी समग्र सुधार गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले विमानस्थलको सुधार, भूकम्पबाट भत्किएका सम्पदाको पुनःसंंरचना लगायतका कामलाई सरकारले तीव्रता दिएको छ, पर्यटन वर्षलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गर्दछु ।”

मन्त्री भट्टराईले सगरमाथामा फोहरका कारण जाम भए÷नभएको बारेमा अध्ययन गरेर मन्त्रालयले प्रतिवेदनसमेत सार्वजनिक गरेको जानकारी दिनुभयो । उहाँले विमानस्थलमा खटिएका कर्मचारीलाई सकारात्मक सोचको तालीमको समेत व्यवस्था गरिएको बताउँदै आन्तरिक उडानमा देखिएका समस्यासमेत समाधान गर्ने बताउनुभयो ।

मन्त्री भट्टराईले आन्तरिक विमानस्थलको विकास र विस्तारको काम भइरहेको भन्दै पोखरा, बारा र रुपन्देहीलगायतका स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तीव्रताका साथ अघि बढिरहेको बताउनुभयो । चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले भारत र चीन लगायतका मुलुकको जनसङ्ख्याको करीब ०.१ प्रतिशत पर्यटकलाई नेपाल ल्याउनुपर्नेमा जोड दिनुभयो ।

चेम्बरका निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत र वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललगायतले नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार समक्ष आग्रह गर्नुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु