क्यानडामा गाडीको ठ’क्करले एक बालकको मृ’त्यु बालिका घा’इते !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

क्यानडा । टोरन्टोको इटोविकोमा भएको सडक दु’र्घटनामा एकजना नेपाली बालकको ज्या’न गएको छ । मंगलबार घटेको दु’र्घटनामा क्यानाडामा बसोबास गरिरहेका रमेश भट्टराई र सबिना पाठकका तीन वर्षीय छोरा रायनको मृ’त्यु भएको हो । चितवनको माडी घर भएका रमेशको परिवार चार वर्षअघि क्यानाडा आएको थियो ।

दु’र्घटनामा ३६ वर्षीय रमेश र उनकी सात वर्षीया छोरी सारा सामान्य घा’इते भएका छन् । स्थानीय स्वास्थ्य संस्थामा उनीहरुको उपचार भइरहेको टोरन्टो प्रहरीले जनाएको छ । सामान्य घा’इते रमेश उपचारपछि डिस्चार्ज भएका छन् । पेट र खुट्टामा चो’ट लागेकी उनकी छोरीको ‘सिक किड हस्पिटल’ को आकस्मिक विभागका उपचार भइरहेको एनआरएनए क्यानाडाका महासचिव पिताम्बर भट्टराईले बताए ।

टोरन्टो प्रहरीका अनुसार रमेश आफ्ना छोराछोरीसहित सडक पार गर्ने क्रममा थिए । त्यही बेला उनीहरुलाई गाडीले ठ’क्कर दिएको थियो । दो’षीलाई का’रबाही र पी’डितलाई न्याय दिलाउने प्रक्रिया अघि बढाउन का’नुन व्यवसायीसँग सल्लाह भइरहेको छ । ठ’क्कर दिने गाडीका चालक पनि घा’इते भएको जनाइएको छ । एकजना वृद्धाले गाडी चलाइरहेको प्रहरीले जनाएको छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

सम्बन्धित शीर्षकहरु