बायर्नले ८ गोल हा’नेपछि लज्जा’स्पद हार बेहोर्दै च्याम्यिन्स लिगबाट बाहिरियो बार्सिलोना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, ३१ साउन । लिस्बन, जर्मन च्याम्पियन बायर्न म्युनिखले बार्सिलोनालाई लज्जा’स्पद हार चखा’उँदै च्याम्पियन्स लिगको सेमिफाइ’नल प्रवेश गरेको छ । शुक्रबार रा’ति लिस्बनमा भएको क्वाटरफाइनलमा बायर्नले बार्सिलोनालाई ८–२ को गोल अन्तरले हराएको हो ।

थोमस मुलरले खेलको चौथो मिनेटमा गरेको गो’लबाट बा’यर्नले अग्रता लिएको थियो । खेलको ७औं मिनेटमा बायर्नका डेभिड अलाबाको आत्म’घाती गोलबाट खेल बराबरीमा फर्किएको थियो । तर त्यसपछि भने स्पेनिस क्लब बार्सिलोनामाथि बायर्न लगातार हा’बी देखियो । २१औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुऱ्याए । त्यस्तै २७औं मिनेटमा सर्गे जिएन्ब्रेले बार्यनका लागि तेस्रो गोल गरे ।

३१औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गरे भने खेललाई ४–१ मा पुऱ्याए । लुइस स्वारेजले ५७औं मिनेटमा गोल गर्दै खेललाई २–४ मा पुऱ्याए । तर त्यसको ६ मिनेटपछि ६३औं मिनेटमा जोसुजा किमिचले बायर्नका लागि ५ औं गोल गरे । खेलको ८२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले बायर्नका लागि छैटौं गोल गरे भने ८५औं र ८९औं मिनेटमा फिलिपे कौटिन्होले ७औं र ८औं गोल गरे ।

बार्सिलोना सन् १९४६ को कोपा डेल रेको फाइनलमा सेभियासँग ८ गोल खाएयता पहिलो पटक बायर्नसँगको खेलमा ८ गोल खाएको हो । त्यस्तै सन् १९५१ मा स्पेनिस लिगमा इस्पान्योलसँग ६–० को हार बेहोरेको बार्सिलोनाले त्यसयता ठूलो अन्तरको हार बेहोरेको छ ।

च्याम्पियन्स लिगको यो खेललाई सन् २०१४ को विश्वकप सेमिफाइनलसँग तुलना पनि सुरु भएको छ, जसमा मुलर सम्मिलित जर्मनीले ब्राजिललाई ७–१ ले हराएको थियो ।जर्मनीले त्यो विश्वकप जितेको थियो र अब बायर्न पनि च्याम्पियन्स लिग उपाधिका लागि बलियो दाबेदार भएको छ । सेमिफाइनल पुगेको बायर्नले अब म्यानचेस्टर सिटी अथवा लियोनको सामना गर्नेछ ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

सम्बन्धित शीर्षकहरु