विदेशमा अलपत्र ५१ हजार ४ सय ४१ जना नेपाली स्वदेशमा उद्धार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३२ साउन । वैदेशिक रोजगारीमा अलपत्र परेका ५१ हजार भन्दा नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४ सय ४१ ज्ना स्वदेश फर्किएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

सरकारले नेपाली राजदूतावास, कूटनीतिक नियोग र संघसँग सहकार्य गरी अलपत्र परेका कामदारलाई चार्टर्ड उडानमार्फत स्वदेश फर्काइरहेको छ । विश्वव्यापी म’हामारी कोरो’ना भा’इरसका कारण लक’डाउन जारी भएपछि विदेशमा अलपत्र नेपालीलाई कामदारकै पैसामा फर्काइरहेको छ ।

सरकारले विदेशमा अति समस्यामा परेका कामदारलाई सरकारी कोषबाट फिर्ता ल्याउने निर्देशिका समेत तयारी गरिसकेको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुई हजार पाँचलाई निःशुल्क फिर्ता गराउन निवेदन दिएका छन् । अलपत्र नेपालीलाई विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो ।

सरकारले दैनिक ५ सयलाई मात्रै स्वदेश फर्काइरहेको छ । सुरुमा १ हजार ५ सयजनालाई स्वदेश फर्काउँदै आएको थियो । दैनिक ५ सय जनालाई मात्रै ल्याउने सरकारी नीतिले फर्कन चाहेका कामदार आउन पाएका छैनन ।विदेशमा अलपत्र र समस्यामा परेका नेपाली कामदार लगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाई हुने गैरआवासीय नेपालीले जनाएको छ ।

संघ अन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक एवम् उपाध्यक्ष डा. बद्री केसीलृ मध्यपूर्वमा हजारौंको संख्यामा रहेका अलपत्र नेपाली, भिसा अवधि सकिएका तथा महामारीका कारण अन्य विभिन्न समस्यामा परेका नेपाली फर्कन नपाएपछि निराश बनेको बताए । मध्यपूर्वमा अलपत्र नेपाली यस निर्णयबाट बढी प्रभावित हुने केसीको भनाइ छ ।

नेपालीको जनघनत्व मलेसिया र खाडी मुलुकमा छ तर सरकारले ती देशबाट कामदार फर्काउन चाहेको देखिदैँन । विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो स्वदेश फर्काउनुपर्नेमा वेवास्ता गरेकोमा खाडी मुलुकमा कार्यरत कामदार चिन्तित भएको केसीले बताए ।

सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३ सय र वैदेशिक रोजागर कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरि २ सय जना गरेर जम्मा ५ सय जनालाई मात्रै उद्धार गर्ने जनाएको छ । तर अहिलेसम्म कामदार आफ्नै पैसामा फर्किएका छन् ।

यो पनिः जानी राखौं ! पारिजात फूलको फाइदा

पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ ।अंग्रेजीमा नाइट जस्मिन् भनिने पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन् । यहाँ हामीले केही फाइदाहरु उल्लेख गरेका छौं ।

– पारिजात फूलको विशेष महत्व छ । यसले मुख्य गरी तपाईंको जीवनमा तनाव हटाउन मद्धत गर्दछ । यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ । साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।

– पारिजातको फूल राति मात्र फुल्दछ । विहान हुनासाथ जमिनमा खस्न थाल्छ । यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ ।

– पुराणमा उल्लेख भए अनुसार, पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ । तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव हुने विश्वास गरिन्छ ।

– आयुर्वेद अनुसन्धान अनुसार १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने बताइन्छ ।

सम्बन्धित शीर्षकहरु