निषेधाज्ञामा बैंक खुल्नेकी नखुल्ने, यस्तो छ तयारी ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं,३ भदौं । काठमाडौं उपत्यकामा भोलिदेखि हुने निषे’धाज्ञामा बैंकहरुले भने सेवा सुचारु राख्ने भएका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुले सेवा शुचारु नै राख्ने बताए । तर सिमित शाखाहरुमात्रै सञ्चालनमा आउने उनले बताए ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले नै बैंकहरुलाई खुला राख्न दिने निर्णय गरेको छ । अत्यावश्यक क्षेत्र भएका कारण बैंकहरुलाई एकदमै सिमित कर्मचारीहरु राखेर सेवा शुचारु गर्न दिने बैठकले निर्णय गरेको हो ।

बैंकका कर्मचारीहरुलाई पास भने वितरण गरिएको छैन । एकदमै कम शाखा कार्यालयहरु न्युनतम कर्मचारी राखेर खोल्न दिने र उनीहरुलाई बैंककै परिचय पत्रका आधारमा आवाज जावत गर्न दिने बताइएको छ ।

‘थोरैमात्रै हुँदा हामी बैंककै परिचय पत्र देखाउ र हिड्न दिन्छौं, फेरी धेरै जना आउनु भयो चाहिँ रोक्छौं भन्ने कुरा प्रहरीबाट आएको छ’ अध्यक्ष दाहालले भने ।

कहाँ कति खुल्छन् बैंक ?

बैंकर्स संघका अध्यक्ष दाहालका अनुसार बैंकहरुले सबै शाखा कार्यालयहरु भने खोल्ने छैनन् । काठमाडौं उपत्कायमा जिल्ला अनुसार बैंकले एक दिनमा कति वटा शाखा खोल्ने भन्ने तय भएको छ ।

अध्यक्ष दाहालले एक बैंकले काठमाडौं उपत्यकामा बढीमा ८ वटामात्रै शाखा कार्यालयहरु खोल्न पाउनेछन् । एक बैंकले काठमाडौं जिल्लामा एक दिन ५ वटा शाखा खोल्न पाउनेछन् भने भक्तपुरमा एक र ललितपुरमा २ वटा शाखा खोल्न पाउने उनले बताए ।

यो पनि: प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

सम्बन्धित शीर्षकहरु