अन्ततः नायिका पूजा र पत्रकार सुवेदीबीच मिलापत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । अन्ततः नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीबीच मिलापत्र भएको छ । एपीवान टेलिभिजनका मालिक क्याप्टेन रामेश्वर थापाको पहलमा दुवैबीचको झग’डा मिलापत्रमा टुंगिएको हो ।

नेपाल कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कालगायतले नायिका र पत्रकारबीचको विवा’द मिलाउन निकै प्रयास गरेका थिए । सोही प्रयासले बिहीबार सार्थक’ता पाएको हो । सुवेदी र शर्माबीचको मिलापत्रमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका का.वा.अध्यक्ष जनक कार्कीलगायतले हस्ताक्षर गरेका छन् ।

अबदेखि एकले अर्कालाई गाली’गलौ’ज नगर्ने, कलाकार र पत्रकारबीच विवा’द ल्याउने प्रयास नगर्नेलगायतका सहमति भएको छ । सुवेदीलाई कार’बाही गर्न भनी यसअघिका उजुरबाजुर सबै फिर्ता गर्ने सहमति भएको छ । नायिका पूजा शर्माले पत्रकार प्रकाश सुवेदीले टेलिभिजनमा मुखले होइन, लिखित माफी माग्नुपर्ने अ’डा’न लिएकी थिइन् ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

सम्बन्धित शीर्षकहरु