निषेधाज्ञामा बैंकका कर्मचारीलाई अब प्रहरीले नरो’क्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ भदौं । कार्यालय हिँडेका वा कार्यालयबाट घर फर्किएका बैंकका कर्मचारीहरुलाई अब प्रहरीले न’रोक्ने भएको छ । बिहीबारदेखि जारी निषे’धाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा कार्यालय जान/आउन दिने आदेश भएको थियो ।

तर बिहीबार बिहानै प्रहरीले बैंकका कर्मचारीहरुलाई रो’केपछि बैंकहरु आक्रो’शित बनेका थिए । प्रहरीले दुः’ख दिएको भन्दै नेपाल बैंकर्स संघले बैंकका शाखा कार्यालयहरु नै बिहीबार न’खोल्न भनेको थियो । अब भने प्रहरीले बैंकको परिचयपत्र देखाएपछि नरोक्ने बताएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवले कार्यालय हिँडेका कर्मचारीलाई नरो’क्न आदेश आएको जानकारी दिए । माथिबाटै अब नरोक्ने सर्कुलर आएकाले अब बैंकका कर्मचारीहरुलाई नरो’किने उनले बताए ।

उता नेपाल बैंकर्स संघले भने अहिले नै विश्वास गरी हाल्न अप्ठेरो परेको बताएको छ । हिजो पनि नरो’क्ने भनेको तर आज रोकिएको भन्दै बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले लिखित रुपमै आए सजिलो हुने बताए ।

‘मौखित रुपमा त हिजो पनि आएकै हो, तर आज रो’कियो, भोलि पनि यस्तै हुनेसक्छ’ उनले भने, ‘डिउटीमा खटिने प्रहरीसम्म सूचना नै नपुग्दा सम’स्या हुने हो, हामीले पनि कुरा गरिरहेका छौं, हेरौ सहज हुनेछ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

सम्बन्धित शीर्षकहरु