रेखा थापाले ४ महिनामै घटाइन् २० किलो तौल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, भदौ । मोटोपन भएका मानिसहरुलाई शरिरको तौल घटाउन धेरै नै समय लाग्छ । शरिरलाई स्लिम राखिराख्न मानिसहरु बिहान मर्निङ वाक गर्ने र जिम धाउने गर्छन् । यस्तै अभिनेत्रीहरु पनि शरिरलाई स्लिम बनाउन मिहेनत गरिरहेका हुन्छन् । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाले पनि केही महिनादेखी आफ्नो मोटो शरिर स्लिम बनाउनमा लागेकी छिन् ।

उनले खानपिन र व्यायममा ध्यान नदिदा शरिरमोटो हुँदै गयो । तर अहिले उनले आफ्नो मोटो शरिर घटाएकी छिन् । उनले ४ महिनामै आफ्नो २० किलोे तौल घटाएकी छिन् । कोरोना संक्रमणको बेलामा जिम जान जोखिम हुने हुनाले उनले घरमै दैनिक व्यायम गर्ने गरेकी छिन् । केही समयदेखी ट्रेनर विज्जु पार्कीसँग अभ्यास गरेका तस्बिरहरु पनि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उनले सामाजिक सञ्जालमा अभ्यास गरेका तस्बिरहरु शेयर गरिरहेकी छिन् ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

सम्बन्धित शीर्षकहरु