सीतापाइलामा युवतीमाथि ए’सिड प्र’हार गर्ने दुईजना जे’ल चलान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – राजधानीको सीतापाइलामा युवतीमाथि एसि’ड प्रहा’र गर्ने दुई अभियुक्तलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले बिहीवार उक्त मु’द्दाको सुनुवाइ गर्दै थु’नामा राख्न आदेश दिएको हो । न्यायाधीश कृष्णजंग शाहको इजलासले अभियुक्त मोह’म्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई थु’नामा राख्न आदेश दिएको हो ।

साथै अदालतले ए’सिड आक्र’मणमा परेकी पवित्रा कार्कीको उपचारका लागि राहत कोषमा तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउन पनि आदेश दिएको छ । गत साउन ८ गते पवित्रामाथि सीतापाइलामा एसि’ड प्र’हार भएको थियो । एसि’ड प्र’हार गर्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई अ’पराध अनुसन्धान महाशाखाको टोलीले २४ घण्टाभित्रै प’क्राउ गरेको थियो ।

डेराबाट दही किन्न निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रामाथि एसि’ड हान्ने मुन्नाले आलमको निर्देशनमा आफूले ए’सिड प्र’हार गरेको स्वीकारेका थिए ।

जानी राखौं ! पारिजात फूलको फाइदा

३२ साउन । पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ ।अंग्रेजीमा नाइट जस्मिन् भनिने पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन् । यहाँ हामीले केही फाइदाहरु उल्लेख गरेका छौं ।

– पारिजात फूलको विशेष महत्व छ । यसले मुख्य गरी तपाईंको जीवनमा तनाव हटाउन मद्धत गर्दछ । यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ । साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।

– पारिजातको फूल राति मात्र फुल्दछ । विहान हुनासाथ जमिनमा खस्न थाल्छ । यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ ।

– पुराणमा उल्लेख भए अनुसार, पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ । तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव हुने विश्वास गरिन्छ ।

– आयुर्वेद अनुसन्धान अनुसार १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने बताइन्छ ।

सम्बन्धित शीर्षकहरु