ओलीलाई भेटेर प्रचण्डले भने, “पछिल्ला नियुक्ति खारेज गर्नुस् “

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ भदौ । पार्टीभित्रको स’मस्या समाधान गर्न कार्यदल गठन गरी त्यसले प्रतिवेदन तयार पारिरहेका बेला धमाधम राजनीतिक नियुक्ति हुन थालेपछि सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति पुनः अस’न्तुष्टि जनाएका छन् । प्रचण्डले समग्र स’मस्या समाधानका लागि कार्यदलले काम गरिरहेका बेला सरकारले भने धमाधम नियुक्ति गरेको भन्दै प्रधानमन्त्री ओलीलाई भेटेरै अस’न्तुष्टि जनाएका हुन् ।
बिहीबार बालुवाटार पुगेका प्रचण्डले भेटमा पछिल्ला नियुक्तिप्रति अस’न्तुष्टि जनाउँदै ती नियु’क्ति तत्काल खारेज गर्न सुझाव पनि दिएका हुन् ।

‘यसले बन्दै गएको वातावरण बिग्र’न्छ र राम्रो संके’त पनि गर्दैन । कार्यदलका काम समेत प्रभावित हुन सक्ने भएकाले पछिल्ला नियुक्ति खा’रेज गर्नु राम्रो हुन्छ,’ओलीसँगको भेटमा प्रचण्डले भनेका थिए, ‘कार्यदलले काम गरिरहेका बेला हतारमा नियुक्ति गर्न जरुरी थिएन । त्यसैले सच्चाउनुस् ।’ यसअघि सोमबारको मन्त्रिपरिषदले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
ती नियुक्तिमा प्रचण्डले अस’न्तुष्टि जनाएका हुन् । भण्डारीलाई कार्यवाहक अध्यक्षका रुपमा काम नगराउन सर्वोच्च अदालतले आदेश दिइसकेको छ । दाहालले शुक्रबार कार्यदल गठनपछि मन्त्रिपरिषदबाट अन्य केही नियुक्तिहरु समेत भएको आंश’का गरेका छन् ।

बुधबार पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले दाहाललाई भेटेर कार्यदल गठनपछिका नियुक्ति खारेजीका लागि प्रधानमन्त्री ओलीसँग सं’वाद गर्न सुझाव दिएका थिए । सोही अनुसार प्रचण्ड बिहीबार ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रचण्डसँगको भेटवार्तापछि ओलीले बिहीबारै कार्यदलका सदस्यहरुलाई बालुवाटारमै बोलाएर परामर्श गरेका थिए । रातोपाटीबाट

योपनिः जानी राखौं ! पारिजात फूलको फाइदा

३२ साउन । पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ ।अंग्रेजीमा नाइट जस्मिन् भनिने पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन् । यहाँ हामीले केही फाइदाहरु उल्लेख गरेका छौं ।

– पारिजात फूलको विशेष महत्व छ । यसले मुख्य गरी तपाईंको जीवनमा तनाव हटाउन मद्धत गर्दछ । यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ । साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।

– पारिजातको फूल राति मात्र फुल्दछ । विहान हुनासाथ जमिनमा खस्न थाल्छ । यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ ।

– पुराणमा उल्लेख भए अनुसार, पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ । तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव हुने विश्वास गरिन्छ ।

– आयुर्वेद अनुसन्धान अनुसार १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने बताइन्छ ।

सम्बन्धित शीर्षकहरु