रवि समर्थनमा आफ्नो सेल्फीमा अरु कसैले भिडियो खिच्दा तनाबमा परिन् यी महिला

काठमाडौं । पछिल्लो समय चर्चामा रहेको शालिकराम पुडासैनी मृत्यु प्रकरण थप जटिल हुँदै गइरहेको छ । अहिले चितवन लगायत देशभर प्रदर्शनहरु भइरहेका छन् । पत्रकार रवि लामिछानेको समर्थनमा पुगेर सेल्फी खिची विवादमा आएकी एक महिला मिडियामा आएकी छिन ।

सामाजिक संजालमा आफ्नो फोटो भाइरल भएपछि फोटोमा आएको छाडा शब्द सहितको गालि कमेन्टले मर्नुं न बाच्नु बनाएको भन्दै उनि मिडियामा आएकी हुन् । सेल्फी खिचेको आरोप लागेकी देवि घिमिरेले श्रीमानको समेत गालि खानु परेको भन्दै उनले आक्रोश पोखेकी छिन ।अर्को तिर जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई आज देखि थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा अनुसन्धान गर्न लामिछाने, कँडेल र नर्स कार्कीलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले आदेश दिएको हो । गत हप्ता शुक्रबार पक्राउ परेका लामिछानेसहित ३ जनालाई यसअघि पनि अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो ।

प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप १० दिन थुनामा राख्न अदालतमा माग गरेको थियो । ति महिलाले आफुले भिडियो लाइभ गर्न खोज्दा कसैले खिचेर राखेको उनले बताइन् । अब देखि यसरी गलत्त प्रयोग गर्न नहुने बताइन् ।

Comments

comments

29 Shares
सम्बन्धित शीर्षकहरु