भरतपुर शरदपुरका दुई किशोर दुई दिनदेखि बेपत्ता, खोजीदिन परिवारको अनुरोध

चितवन, भदौं ४- भरतपुर महानगरपालिका वडा नम्बर ९ शरदपुर बस्ने वर्ष १४ का दुई किशोर विगत दुई दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा अन्जन खनाल र आयुस कँडेल रहेका छन् । उनीहरुको परिवारले नारायणी अनलाइनलाई दिएको जानकारी अनुसार प्रेमबस्ती उच्च मावि कक्षा १० मा अध्ययनरत उनीहरु घरबाट विद्यालय गएको अवस्थामा बाटोबाटै बेपत्ता भएका हुन् ।

गहुँगोरो वर्ण भएका उनीहरु झण्डै पाँच फिट अग्ला र पातलो शरीर भएका रहेको परिवारले जनाएका छन् । खनाल र कँडेलकी आमाहरु सरस्वती खनाल र पार्वती कँडेलले दुवै किशोरलाई कसैले भेटेमा नजिकको प्रहरी कार्यालय वा आफन्तलाई खबर गरिदिन सबैसँग अनुरोध गरेका छन् । कसैले देखेमा वा भेटेमा सम्पर्क नम्बर ९८४५६९६६०६, ९८४८०९६७०० र ९८४५४०७०८० मा खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।

डुबान समस्याको दीर्घकालीन समाधान गर्न आवश्यक
संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिले सीमा क्षेत्रमा हुने डुबान लगायतका विविध समस्याको दीर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । समितिको सिंहदरबारमा आज बसेको बैठकले नेपाली भू–भाग वर्षेनी डुबानमा पर्ने भएकाले दीर्घकालीन समाधान गर्नका लागि सरकारले स्थायी प्रकृतिको आधिकारिक जिम्मेवारी संयन्त्र निर्माण गर्नेसमेत निर्णय गरेको समितिका सचिव सुरजकुमार दुराले जानकारी दिनुभयो ।

बैठकले मेचीदेखि महाकालीसम्म सीमा क्षेत्रमा नेपालको भू–भागमा रहेको डुबान समस्याको निरीक्षण गर्न, समस्या उत्पन्न हुने गरी निर्माण गरिएका बाँध र सडकको अध्ययन र अवलोकन गर्न, नापी विभाग, सशस्त्र प्रहरी बल, सीमा सुरक्षा, गृहमन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रतिनिधिसमेतको सहभागितामा हुनेगरी समस्याग्रस्त स्थानको निरीक्षण–अवलोकन र अध्ययन गर्नसमेत सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

उहाँका अनुसार बैठकले हालसम्म सीमासुरक्षा र डुबान समस्या समाधान गर्न भएका अध्ययन प्रतिवेदन सङ्कलन गर्दै तिनका निष्कर्ष र सुझाव एवं कार्यन्वयन स्थितिको पुनरावलोकन गर्ने र चुरे पहाड र हिमालमा भइरहेको अतिक्रमण एवं भू–क्षय अध्ययन गरी प्रतिवेदन तयार पार्दै समस्या समाधान गर्ने निर्णय गरेको छ ।

यसैगरी अन्तरराष्ट्रिय सीमा सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सशस्त्र प्रहरी बल र नेपाल सीमा सुरक्षापोष्टको सङ्ख्या आवश्यकताअनुसार थप गर्नेसमेत निर्णय गरेको छ ।

सूचना प्रविधिबाट नेपाल र भारतबीच सीमा निर्धारण गरी जङ्गे पिलरहरु मर्मतसम्भार गर्ने, अन्य पिलर सबै मर्मतसम्भार गर्ने र तदअनुरुप कार्य गर्न निर्देशन दिने, बाढीले बगाएका, हराएका पिलर यथाश्रीघ पुनःस्थापित गर्ने सरकारले भारतसँग वार्तागरी काम अगाडि बढाउने निर्णय गरिएको उहाँले बताउनुभयो ।

बैठकले नेपाल–भारत सीमा क्षेत्रको भूमिको सही तथ्याङ्क प्रमाणित गर्ने भन्ने सम्बन्धमा कति नेपालको भूमि भारततर्फ परेको छ कति भारतको भूमि नेपालतर्फ परेको छ त्यो सुनिश्चित गर्ने निर्णय गरेको छ । यसैगरी विगतदेखि वर्तमानसम्मका सीमा सुरक्षासम्बन्धी आधिकारिक दस्तावेज सरकारले सुरक्षित र व्यवस्थित गर्नेसमेत निर्णय गरेको छ ।

समिति सचिव दुराका अनुसार बैठकले असल छिमेकी सम्बन्ध कायम गर्न नेपाल र भारतका बीच उत्पन्न समस्या समाधान गर्न परराष्ट्र मन्त्रिस्तरीय छलफल गर्नसमेत सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । बैठकमा गृह, परराष्ट्र, ऊर्जाका सचिव तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षकको सहभागिता थियो ।

Comments

comments

17 Shares
सम्बन्धित शीर्षकहरु