आज हरितालिका तीज, घरमै बसेर यसरी मनाउनुहोस !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : आज हरितालिका तीज, विवाहित महिलाहरु पतिको सुस्वास्थ्य र प्रगतिको कामना गर्दै तथा अविवाहित महिला सुयोग्य पति पाउँ भनेर भगवान शिवको पूजाआराधना गर्दै ब्रत बस्दैछन्। सामान्य अवस्थामा व्रत बसी विहानैदेखि शिवालयहरूमा पुग्ने व्रतालुहरू यसपटक घरमै बसेका छन्‌। कोरोना महामारीका कारण भक्तजन नआउँदा शिवालयहरू सुनसान छन्‌। ​

हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेका थिए। हिमालयको योजना थाहा पाएपछि सखीहरूले पार्वतीलाई हरेर लुकाएर राखेको थिए।

पार्वतीले त्यही लुकाएर राखिएको ठाउँमा श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको हो। भाद्र शुक्ल द्वितीयाका दिन राति दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ। दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा-मीठा परिकार खाने चलन छ।

तीजको दर खान विशेष गरी माइतीले छोरी–चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन पनि यस पर्वमा पाइन्छ। हरितालिका व्रतका प्रभावले हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएकाले तीजको व्रतको महत्व बढेको हो। त्यसैले राम्रो र चिताएको पति पाउन अविवाहित कन्याले पनि तीजको व्रत बस्ने गरेको देखिन्छ।

स्कन्ध र लिङ्ग पुराणमा विभिन्न कथाका आधारमा प्रारम्भ भएको धार्मिक पर्व हरितालिका व्रतको पौराणिक महत्व एकातिर छ भने पौराणिक कथा र आख्यानलाई आत्मसात गर्दै सांस्कृतिक सञ्जीवनीले पनि यो पर्व ओतप्रोत छ। नारी स्वतन्त्रताको प्रतीकको रूपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा महिलाहरू सजिने गर्छन्‌।

यसअघिका वर्षहरूमा काठमाडौँको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका अन्य शि’व मन्दिरहरूमा ठूलो घु’इँचो र पूजाआजा लाग्ने गर्थ्यो

मास्क लगाउने तरिका र ध्यान दिनुपर्ने कुरा

बजारमा जति नै हल्ला फैलिए पनि मास्कको रङ्गीन भागलाई बाहिर पारेर लगाउनुपर्छ ।यसलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको छ ।मास्कको एउटा भागमा अलि क’डा डण्डीजस्तो हुन्छ त्यसलाई नाकमा मिलाएर कसिलो गरी लगाउनुपर्छ ।मास्क खुकुलो छ र छेउबाट हावा छिरेको छ भने त्यसले काम गर्दैैन ।मास्कको सादा भागलाई जहिले पनि भित्र पार्नुपर्छ ।अर्काे महत्वपूर्ण कुरा भनेको मास्क लगाए पनि ‘ह्याण्ड हाइजिन’ भनिन्छ,यसको व्यवस्थापन गर्न जान्नुपर्छ ।कुनै बि’रामीलाई छोएपछि, कसैसँग हात मिलाएपछि वा घरबाहिर निस्केर फर्किएपछि साबुन पानीले हात धुनुपर्छ ।

लगाउने समय

‘युज एण्ड थ्रोे नाम दिएको डिस्पोजेबल मास्क भएकोले यसलाई एक पटक प्रयोग गरेपछि फाल्नुपर्छ ।यसलाई धोएर, सुकाएर र उल्टो फेरेर लगाउनु हुँदैन ।एन नाइन्टिफाइभ मास्कमध्ये कुनै कुनै धुन मिल्ने खालको हुन्छ ।साधारणतया मेडिकल मास्क चारदेखि ६ घण्टासम्म लगाउन सकिन्छ ।तर बिरामी भेटेर निस्किएपछि फाल्नुपर्छ ।तर एन नाइन्टिफाइभ मास्क लामो समयसम्म लगाउन मिल्छ ।तर एकदमै कसिलो बनाएर लगाउनपर्ने भएकोले लामो समय लगाएर बस्न सकिन्न ।यो मास्क दम र श्वासप्रश्वासको बि’रामीले भने लगाएर बस्नै सक्दैन ।

मेडिकल मास्क र एन नाइन्टिफाइभ मास्कबीचका भिन्नता

गुणस्तरमा नै फरक हुन्छ ।एन नाइन्टि फाइभ मास्कले नाम अनुसार नै काम गर्छ । ९५ प्रतिशत कि’टाणु रोक्ने भएकोले एन नाइन्टिफाइभ भनिएको हो । सय प्रतिशत काम गर्ने मास्क उत्पादन भएको छैन ।यदि सही तरिकाले प्रयोग ग¥यो भने साधारण मास्कले ७० प्रतिशतसम्म स’ङ्क्रमण रोक्न सक्छ ।बजार मूल्य पनि फरक छ । साधारण मेडिकल मास्क ५ रुपैयाँमा किन्न सकिन्छ भने एन नाइन्टिफाइभ मास्कको ८० देखि एक हजार रुपैयाँसम्म पर्छ । यसको मूल्य पनि गुणस्तरअनुसार हुन्छ ।

सम्बन्धित शीर्षकहरु