चीनले भन्यो यो मिति भित्र खोप विश्व बजारमा पुगाउछौ; हेर्नुहोस खोपको नेपाली मूल्य सहित !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । पछिल्लो समय चीनमा को’रोना भा’इरसका संक्र’मित को संख्या निकै कम रहेका बताइएको छ । अहिले विश्वभर को’रोना भा’इरस वि’रुद्धको दुई सयभन्दा धेरै खोप निर्माणको क्रममा छन् । चिनियाँ कम्पनी सिनोफर्मले सन् २०२० को अन्तिमसम्ममा को’रोना भा’इरस (कोभिड–१९) को खोप बन्ने विश्वास व्यक्त गरेको छ ।

सिनोफर्मका अध्यक्ष लिउ जिङझेनले सञ्चारकर्मीसँगको कुराकानीमा कोरोना भा’इरस वि’रु’द्धको खो’पको अन्तिम चरणको क्लिनिकल परीक्षण यूएईमा भइरहेको बताएका हुन् । साथै यो खोप डिसेम्बरसम्ममा बजारमा आउन सक्ने उनले बताएका हुन् । खोपको परीक्षणको क्रममा लिउ आफैंले पनि एक डोज लिएका छन् । उनले आफूलाई अहिलेसम्म त्यसको कुनै साइड इफेक्ट नदेखिएको पनि बताएका छन् ।

चीनको बेइजिङ र वुहान सहरमा यस्ता वर्कशप छन्, जहाँ एक वर्षमा १० करोड २० लाख र १० करोड खोप उत्पा’दन हुन सक्छ । यो खोपको दुई डोजको एक हजार युआन अर्थात् १७ हजार नेपाली रुपैयाँभन्दा बढी पर्नेछ । चीनमा खोपको मूल्यको विषयमा अहिले मानिसहरुले चि’न्ता व्यक्त गरिरहेका छन् । चिनियाँ ग्रा’मीण क्षेत्रका मानिसहरुका लागि यो खोपको मूल्य धेरै हुने भन्दै सामाजिक सञ्जालमा यसको आ’लो’चना भइरहेको छ ।

यद्यपि २० भन्द्या धेरै खोप मानव परीक्षणको क्रममा छन् ।

मास्कले गर्ने काम

मेडिकल मास्कमा तीन वटा तह हुन्छ । सबै तहले गर्ने काम फरक फरक हुन्छ ।सबैभन्दा बाहिरको तहमा पानी र थुक टाँसिदैन त्यसलाई रिपेल गर्छ ।बीचमा रहने तहलाई फिल्टर भनिन्छ, यसमा सानासाना जीवाणु र भा’रसलाई फिल्टर गर्ने क्षमता हुन्छ ।भित्रको तहलाई हाइडोफिलिक तह भनिन्छ, यसले लगाएको व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा निस्किने थोपा वा कणहरुलाई रोक्ने गर्छ ।यसले प्रदुषणलाई भने रोक्न सक्दैन ।सकेसम्म एन नाइन्टिफाइभ मास्क लगाउनुपर्छ । तर सामान्य अवस्थामा सर्वसाधारणले मेडिकल मास्क लगाउँदा पनि हुन्छ ।तर स’ङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा बस्ने व्यक्ति छ भने उसले एन नाइन्टिफाइभ मास्क पूरै उपयुक्त तरिकाले लगाउनुपर्छ ।

मास्क लगाउने तरिका र ध्यान दिनुपर्ने कुरा

बजारमा जति नै हल्ला फैलिए पनि मास्कको रङ्गीन भागलाई बाहिर पारेर लगाउनुपर्छ ।यसलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको छ ।मास्कको एउटा भागमा अलि क’डा डण्डीजस्तो हुन्छ त्यसलाई नाकमा मिलाएर कसिलो गरी लगाउनुपर्छ ।मास्क खुकुलो छ र छेउबाट हावा छिरेको छ भने त्यसले काम गर्दैैन ।मास्कको सादा भागलाई जहिले पनि भित्र पार्नुपर्छ ।अर्काे महत्वपूर्ण कुरा भनेको मास्क लगाए पनि ‘ह्याण्ड हाइजिन’ भनिन्छ,यसको व्यवस्थापन गर्न जान्नुपर्छ ।कुनै बि’रामीलाई छोएपछि, कसैसँग हात मिलाएपछि वा घरबाहिर निस्केर फर्किएपछि साबुन पानीले हात धुनुपर्छ ।

लगाउने समय

‘युज एण्ड थ्रोे नाम दिएको डिस्पोजेबल मास्क भएकोले यसलाई एक पटक प्रयोग गरेपछि फाल्नुपर्छ ।यसलाई धोएर, सुकाएर र उल्टो फेरेर लगाउनु हुँदैन ।एन नाइन्टिफाइभ मास्कमध्ये कुनै कुनै धुन मिल्ने खालको हुन्छ ।साधारणतया मेडिकल मास्क चारदेखि ६ घण्टासम्म लगाउन सकिन्छ ।तर बिरामी भेटेर निस्किएपछि फाल्नुपर्छ ।तर एन नाइन्टिफाइभ मास्क लामो समयसम्म लगाउन मिल्छ ।तर एकदमै कसिलो बनाएर लगाउनपर्ने भएकोले लामो समय लगाएर बस्न सकिन्न ।यो मास्क दम र श्वासप्रश्वासको बि’रामीले भने लगाएर बस्नै सक्दैन ।

मेडिकल मास्क र एन नाइन्टिफाइभ मास्कबीचका भिन्नता

गुणस्तरमा नै फरक हुन्छ ।एन नाइन्टि फाइभ मास्कले नाम अनुसार नै काम गर्छ । ९५ प्रतिशत कि’टाणु रोक्ने भएकोले एन नाइन्टिफाइभ भनिएको हो । सय प्रतिशत काम गर्ने मास्क उत्पादन भएको छैन ।यदि सही तरिकाले प्रयोग ग¥यो भने साधारण मास्कले ७० प्रतिशतसम्म स’ङ्क्रमण रोक्न सक्छ ।बजार मूल्य पनि फरक छ । साधारण मेडिकल मास्क ५ रुपैयाँमा किन्न सकिन्छ भने एन नाइन्टिफाइभ मास्कको ८० देखि एक हजार रुपैयाँसम्म पर्छ । यसको मूल्य पनि गुणस्तरअनुसार हुन्छ ।

सम्बन्धित शीर्षकहरु