बाढीपी’डितलाई राहत बोकेर गृहमन्त्रीसहितको टोली अछाम प्रस्थान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अछाम, ५ भदौ । अछामको रामारोशन गाउँपालिकाका बाढी पी’डितहरुका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा (बादल) सहितको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

गृहमन्त्रीसहितको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो । सो टोली सर्खेतमा अवतरण गर्ने र सुर्खेतबाट एमआई–१७ हेलिकोप्टरमार्फत् अछाम पुग्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

टोलीमा गृहमन्त्री बादल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा नेता एवम् सांसद भीम रावल, सांसदहरु शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत छन् ।

अछाम लगिएका राहत सामग्रीहरु धेरैजसो नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराइदिएको छ । नेकपा नेता एवम् सांसद भीम रावलले पनि ११ वटा त्रिपालको व्यवस्था गरेका छन् । १ हजार ५५ किलो राहत सामग्रीमा खाद्यान्न, भाँडाकुँडा, त्रिपाललगायतका सामग्री छन् ।

अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोलामा गत बुधबार आएको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृ’त्यु भएको छ भने ११ जना बेप’त्ता छन् ।

मास्कले गर्ने काम

मेडिकल मास्कमा तीन वटा तह हुन्छ । सबै तहले गर्ने काम फरक फरक हुन्छ ।सबैभन्दा बाहिरको तहमा पानी र थुक टाँसिदैन त्यसलाई रिपेल गर्छ ।बीचमा रहने तहलाई फिल्टर भनिन्छ, यसमा सानासाना जीवाणु र भा’रसलाई फिल्टर गर्ने क्षमता हुन्छ ।भित्रको तहलाई हाइडोफिलिक तह भनिन्छ, यसले लगाएको व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा निस्किने थोपा वा कणहरुलाई रोक्ने गर्छ ।यसले प्रदुषणलाई भने रोक्न सक्दैन ।सकेसम्म एन नाइन्टिफाइभ मास्क लगाउनुपर्छ । तर सामान्य अवस्थामा सर्वसाधारणले मेडिकल मास्क लगाउँदा पनि हुन्छ ।तर स’ङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा बस्ने व्यक्ति छ भने उसले एन नाइन्टिफाइभ मास्क पूरै उपयुक्त तरिकाले लगाउनुपर्छ ।

मास्क लगाउने तरिका र ध्यान दिनुपर्ने कुरा

बजारमा जति नै हल्ला फैलिए पनि मास्कको रङ्गीन भागलाई बाहिर पारेर लगाउनुपर्छ ।यसलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको छ ।मास्कको एउटा भागमा अलि क’डा डण्डीजस्तो हुन्छ त्यसलाई नाकमा मिलाएर कसिलो गरी लगाउनुपर्छ ।मास्क खुकुलो छ र छेउबाट हावा छिरेको छ भने त्यसले काम गर्दैैन ।मास्कको सादा भागलाई जहिले पनि भित्र पार्नुपर्छ ।अर्काे महत्वपूर्ण कुरा भनेको मास्क लगाए पनि ‘ह्याण्ड हाइजिन’ भनिन्छ,यसको व्यवस्थापन गर्न जान्नुपर्छ ।कुनै बि’रामीलाई छोएपछि, कसैसँग हात मिलाएपछि वा घरबाहिर निस्केर फर्किएपछि साबुन पानीले हात धुनुपर्छ ।

लगाउने समय

‘युज एण्ड थ्रोे नाम दिएको डिस्पोजेबल मास्क भएकोले यसलाई एक पटक प्रयोग गरेपछि फाल्नुपर्छ ।यसलाई धोएर, सुकाएर र उल्टो फेरेर लगाउनु हुँदैन ।एन नाइन्टिफाइभ मास्कमध्ये कुनै कुनै धुन मिल्ने खालको हुन्छ ।साधारणतया मेडिकल मास्क चारदेखि ६ घण्टासम्म लगाउन सकिन्छ ।तर बिरामी भेटेर निस्किएपछि फाल्नुपर्छ ।तर एन नाइन्टिफाइभ मास्क लामो समयसम्म लगाउन मिल्छ ।तर एकदमै कसिलो बनाएर लगाउनपर्ने भएकोले लामो समय लगाएर बस्न सकिन्न ।यो मास्क दम र श्वासप्रश्वासको बि’रामीले भने लगाएर बस्नै सक्दैन ।

मेडिकल मास्क र एन नाइन्टिफाइभ मास्कबीचका भिन्नता

गुणस्तरमा नै फरक हुन्छ ।एन नाइन्टि फाइभ मास्कले नाम अनुसार नै काम गर्छ । ९५ प्रतिशत कि’टाणु रोक्ने भएकोले एन नाइन्टिफाइभ भनिएको हो । सय प्रतिशत काम गर्ने मास्क उत्पादन भएको छैन ।यदि सही तरिकाले प्रयोग ग¥यो भने साधारण मास्कले ७० प्रतिशतसम्म स’ङ्क्रमण रोक्न सक्छ ।बजार मूल्य पनि फरक छ । साधारण मेडिकल मास्क ५ रुपैयाँमा किन्न सकिन्छ भने एन नाइन्टिफाइभ मास्कको ८० देखि एक हजार रुपैयाँसम्म पर्छ । यसको मूल्य पनि गुणस्तरअनुसार हुन्छ ।

सम्बन्धित शीर्षकहरु