राती १२ बजेदेखि बिहान ९ बजेसम्म कालीमाटी र बल्खु तरकारी बजार खुल्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं,५ भदौ । कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी तथा फलफूलको होलसेल बजार राती १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ने भएको छ । निषे’धाज्ञाको पहिलो दिन बिहीबार ती बजार राती १२ बजेदेखि बिहान ७ बजसम्म मात्रै सञ्चालनमा आएको थियो । किसानले बजारसम्म ल्याएको तरकारी निषेधा’ज्ञाकै कारण बिक्न छाडेपछि बजार खुल्ने समयअवधि बढाउन व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका थिए ।

सुरुमा प्रमुख जिल्ला अधिकारीले तरकारी, माछा मासु, फलफूल, दूग्ध डेरी र खाद्यन्न पसल दिनभरी सञ्चालन गर्न दिने बताएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास संस्थाका अध्यक्ष गीता आचार्यले बताए । तर चार बजे आएको कोभिड परिक्षण नतिजा पछि कालीमाटी लगायतको क्षेत्रमा संक्रमीत थपिएको भन्दै दिनभरी बजार खुलाउन नसकिने जानकारी प्रहरीबाट प्राप्त भएको उनले सुनाए ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र स्थानीय जनप्रतिनिधसिंगको समन्वयमा बजार बिहान ९ बजेसम्म सञ्चालन हुन दिने सहमति भएको कालीमाटी प्रहरी बृतका प्रमुख डिएसपी रुगमबहादुर कुवँरले जानकारी दिए ।

जानी राखौं ! पारिजात फूलको फाइदा

पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ ।अंग्रेजीमा नाइट जस्मिन् भनिने पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन् । यहाँ हामीले केही फाइदाहरु उल्लेख गरेका छौं ।

– पारिजात फूलको विशेष महत्व छ । यसले मुख्य गरी तपाईंको जीवनमा तनाव हटाउन मद्धत गर्दछ । यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ । साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।

– पारिजातको फूल राति मात्र फुल्दछ । विहान हुनासाथ जमिनमा खस्न थाल्छ । यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ ।

– पुराणमा उल्लेख भए अनुसार, पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ । तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव हुने विश्वास गरिन्छ ।

– आयुर्वेद अनुसन्धान अनुसार १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने बताइन्छ ।

सम्बन्धित शीर्षकहरु