कोरोनाको कहरबीच तीजको महौल हेरौं फोटो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ भदौ । को’रोनाको भाइ’रसको सङ्क्र’मणबाट बच्न काठमाडौँ उपत्यकामा निषे’धाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि भक्तपुरको डोलेश्वर मन्दिरमा वर्तालु महिलाको भीड हुन्थ्यो । भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका हुन्थे । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहानबाट डोलेश्वरमा वर्तालु महिला महादेवको पूजा आराधना गर्न पुग्थे । पशुपतिनाथ मन्दिर परिसरसँगै काठमाडौँ उपत्यकालगायत देशभरका मुख्य शिवालयमा पनि नित्य पूजा बाहेक सबै गतिविधि बन्द गरिएको छ ।

को’रोनाबाट बच्न काठमाडौँ उपत्यकामा निषे’धाज्ञा, देशका धेरै जिल्लामा बन्दा’बन्दी जारी गरिएकाले यस वर्ष तीजका बर्तालुले घर घरमै देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका पर्व मनाउँदैछन् । आजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्ने फलाहार व्रत बस्ने गरेका छन् । प्रायःजसो बर्तालु महिला नै हुन्छन् ।

तीजका दिन मन्दिरका तस्वीर हेर्नुहोस्

सम्बन्धित शीर्षकहरु